भुलेर पनि नसोच्नुहोस् यस्ता कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार ०६:२५

beautiful_girl_cute_face-390x244काठमाडौं । कुनै पनि वस्तुसँग लामो समय जोडिएर रहनुलाई ‘एडिक्सन’ भन्न सकिन्छ । यसमा सिर्फ नशालु पदार्थ मात्र पर्दैनन्, कतिपय सन्दर्भमा हामी विचारमा ‘एडिक्ट’ पनि हुन सक्छौँ । त्यस्ता केही विचार हुन्छन्, जुन विचारमा लामो समय सोच्दा हामीलाई उल्टो हानि नै हुन्छ । हामीले सोच्नै नहुने केही विचार जसका कारण हामीलाई चुनौतीसँग लड्न पनि सहज हुन्छस्
१। गरिरहेको काममा कुनै पनि अड्चन आउँदैन, सरासर काम सम्पन्न गर्न सकिन्छ भनेर सोच्नुहुँदैन । काम गर्ने सन्दर्भमा आउन सक्ने समस्याबारे पहिले नै तयारी हुनुपर्छ । हामीले सहजै काम सकिहालिन्छ भनेर सोच्नु अत्यन्त गलत हुन सक्छ ।
२। दिनहुँ नयाँ काम केही गर्छु भन्ने सोच्नुपर्छ । बिहान उठेपछि सकारात्मक सोच्नाले दिनभर शरीरमा सकारात्मक भावना पैदा हुन्छ । जीवनमा केही गर्न सकिएन, मैले गरेको काम कुनै सफल पनि हुँदैन भन्ने भावना मनबाट हटाउनुपर्छ ।
३। आफ्नो तुलना अर्को मान्छेसँग गर्नु पनि राम्रो हुँदैन । सबैका फरक क्षमता हुन्छन्, फरक–फरक रुचि हुन्छन् । अरूसँग आफूलाई दाँज्ने र ऊसँग भिड्न जानु सबैभन्दा खतरनाक ‘एडिक्सन’ हो । यसबाट बाहिर निस्कन जरुरी छ ।
४। अरूलाई आफ्नो जिन्दगीको फैसला आफैँ गर्छु भन्ने अनि सबै काममा अरूको अनुमति खोज्ने बानी पनि गलत हो । केही विषयमा अरूसँग सल्लाह लिनु ठीक भए पनि सधैँ अरूको अनुमति लिएपछि काम सुरु गर्छु भन्नु गलत हो ।
५। अरूले भनेका कुरालाई लामो समय मनमा लिने, कसैले भनेको कुरामा तत्काल प्रतिवाद गर्ने पनि अत्यन्त नराम्रो बानी हो । मनमा लागेको कुरा भन्ने एउटा समय आउँछ । त्यसलाई पर्खनुपर्छ । तर, आफूले भन्न नपाउँदासम्म गलत विचार बोकेर बस्नुहुँदैन ।
६। आफ्नो विचारको इज्जत गर्न सक्नुपर्छ । इज्जत गर्न लायक कुरा मात्र सोच्दा जीवनमा नयाँ–नयाँ खुड्किलामा सफलता मिल्न सक्छ । यसका लागि आफ्नो मात्र होइन, अरूको पनि सम्मान गर्न सक्नुपर्छ । अरूलाई सम्मान गर्नेले नै जीवनमा सम्मान पाउँछ ।
७। सबै कुरालाई पैसासँग तुलना नगर्नुहोस् । केही यस्ता विषय हुन्छन्, जुन पैसासँग तुलना गर्न पनि सकिँदैन । अरू मानिसलाई पैसा मात्र चाहिएको हो भन्ने सोच हटाउनुहोस्, कहिलेकाहीँ थोरै समय र माया, सम्मान र आदरले सबै समस्या हल हुन सक्छ ।
८। कुनै पनि विषयमा सोच्नु अत्यन्त राम्रो हो । तर, बारम्बार त्यही विषयमा र अत्यन्त लामो समय एउटै कुरामा अल्झनु राम्रो होइन । सकारात्मक सोच्दा–सोच्दा पनि लामो समय सोच्दा नकारात्मक धारणाको विकास हुन्छ ।
९। आफ्नो भविष्यबारे समयमै सोच्नुपर्छ । तर, सोचेरै मात्र हुन्न । आफ्नो योजनाबारे धेरै सोच्नुभन्दा काम सुरु गर्नु बुद्धिमतापूर्ण निर्णय मान्न सकिन्छ । अगाडि बढेको खण्डमा मात्र लक्ष्यमा पुग्न सकिन्छ ।नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया