सधै जवान देखिन के गर्ने के नगर्ने ? (टिप्ससहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार ०६:२०

jawanकाठमाडौँ  । जोश, जाँगर र साहसले भरिपूर्ण यो उमेर जीवनकै एउटा अभिन्न ‘पार्ट’ हो । युवा उमेरको उत्कृष्ट ‘भिजन’ र ‘मिसन’ जीवनमा सफलता प्राप्तिको लक्षण हो । युवाशक्तिको सदुपयोग राष्ट्र बिकासको आधार हो । सामान्यतस् १८ बर्षदेखि २८ बर्षसम्मको उमेरलाई युवा मानिए पनि हाम्रो आनीबानी, ब्यबहार र खानपिनले पनि जवान देखिनमा प्राभाब पार्छ । बेलैमा यी कुराहरु ख्याल गर्न सकेको खण्डमा सधै जवान देखिन सकिन्छ ।

खानपिन

अनियमित खानपानले स्वास्थ्य, उमेर तथा मानिसको जवानीलाई असर गर्छ । बढी मात्रामा जंक फुडको प्रयोग गर्नु आफ्नो शरिरलाई चाडै बुढो तथा रोगी बनाउनु हो । यसभन्दा हरियो सागसब्जी तथा फलफूल खाने गरे यसले जवान तथा स्वस्थ रहन मद्धत गर्छ । आजकल मानिसहरू सकेसम्म चिल्लो, गुलियो, पिरो खान रूचाउँछन् तर, यसले तपाईको शरिरलाई स्वस्थ राख्दैन ।

एभोकाडो

एभोकाडोमा भिटामिन ‘ई’ को अलावामा प्रशस्त मात्रमा एन्टीअक्सिडेन्ट ९बलतष्यहष्मभलत० तत्व हुन्छ जसले छालाको सुरक्षा गर्दछ । एभोकाडोले छालामा रहेका सेल्सहरुको पुनःनिर्माणमा पनि मद्दत गर्दछ।

किड्नी बिन्स

किड्नी बिन्स फाइबर र पोटासियमले भरिपुर्ण हुन्छ,जसले शरिरमा कोलस्टोरलको मात्रा घटाउँछ। यसले शरिरलाई मुटु रोगबाट पर राख्दछ। यसमा प्रोटिन पनि प्रचुर मात्रामा पाइन्छ।

डार्क चकलेट

डार्क चकलेटमा प्रोटिन र भिटामिन ‘बी’ पाइन्छ, नियमित रुपमा डार्क चकलेट खानाले शरिरिमा रहेको बोसो घटाउँछ । यसले छाला र कपाललाई पनि सुरक्षित राख्दछ ।

ब्रोकाउली

ब्रोकाउलीमा फाइबर र भिटामिन सी प्रचुर मात्रामा हुन्छ, यसले तौल नियन्त्रणमा सहयोग गर्दछ र मुटु सम्वन्धी रोगबाट बचाउँछ ।

ब्लुबेरिज

ब्लुबेरिजमा हुने भिटामिन सिले रक्तसञ्चार प्रणाली सहज पार्न मद्दत गर्दछ । यसमा हुने खनिजले बृद्ध हुने क्रमलाई नियन्त्रण गर्दछ ।

कोल्ड ड्रिङ्क्स

सकेसम्म कोल्डड्रिङ्क्सको कम प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । बढी कोल्डड्रिङ्क्सले तपाईको शरिरको छालालाई चाडो बुढो बनाउँछ र सानो उमेरमा नै आफ्नो जवानी गुमाउनुपर्ने हुन्छ ।

धुम्रपान

चुरोटको धुँवा स्वास्थ्यका निकै हानिकारक हुन्छ । यदी तपाई धुम्रपान गर्नुहुन्छ या धुम्रपान गर्ने मानिसहरूसँग समय बिताउनु हुन्छ भने तपाईको शरिरलाई यसले निकै बेफाइदा गर्छ । यसले विभिन्न रोग ल्याउनुका साथै छालामा समेत असर पार्छ र निकै चाडो बुढो देखाउँछ ।

व्यायाम

दैनिक रूपमा केही समय व्यायाम गर्दा शरिरलाई निकै फाइदा गर्छ । दिनहुँ व्यायाम गर्दा शरिरमा रक्तसञ्चार बढ्छ र मानिसको शरिरमा रक्तसञ्चारको बृद्धी हुँदा यसले छालालाई समेत फाइदा पुर्याउँछ । यसरी व्यायाम गर्दा शरिरमा थकान समेत बढ्छ र मिठो निन्द्रा लाग्छ । आवश्यक मात्रामा निन्द्रा पुर्याउनुले पनि शरिरलाई जवान राख्न मद्धत गर्छ ।

तनाव

लगातार तनावमा रहँदा पनि चाडै बुढो देखिने हुन्छ । तनावले अनुहारको माशंपेशीलाई खुम्च्याउँछ, जसले कम उमेरमा पनि बुढ्यौली लागेको जस्तो देखिन्छ । यसबाट बच्नका लागि सकेसम्म धेरै पानी पिउने तथा अनुहारको व्यायाम गर्ने गर्नुपर्छ ।

अनुहारको सरसफाइ

बिहान उठ्नेबित्तिकै अनुहारमा पानी लगाएपछि दिनभर वास्ता नगर्ने धेरैको बानी हुन्छ । तर, अनुहारमा उज्यालो ल्याउनुछ भने कम्तिमा चारपल्ट अनुहारको सरसफाइ जरुरी छ । अझ तैलीय छाला भएमा त सफाइको मात्रा बढाउन जरुरी छ ।

धेरै सेभिङ नगर्ने

धेरै पुरुषलाई सफाचट् हुने रहर हुन्छ । दाह्री नभएपछि जवान रसुन्दर देखिन्छ भन्ने भ्रम छ । तर, दैनिक सफाचट् हुने बानीले फाइदा गर्दैन । बरु दैनिक सेभिङका कारण छालामा पत्र बस्नजान्छ र झन् कुरुप र बुढो देखिन्छ ।

मालिस

मस्चराइजले छालालाई सुख्खा हुनबाट जोगाउँछ । सुख्खा छालाले सबै पुरुषलाई वास्तविक उमेर भन्दा बुढो देखाउँँछ । मस्चराइजिङले छालामा रिंकल बस्नबाट पनि जोँगाउछ । यसकारणआफ्नो अनुहार सधैँ सफा गरेर मस्चराइज गर्नुपर्छ । यदि धेरै तैलीय छाला छ भने सोप–फ्री क्लिजरको प्रयोग गर्दा राम्रो हुन्छ ।

आँखाको हेरचाह

धेरैले एउटै गल्ती गर्छन्, त्यो हो सुन्दरताका लागि अनुहारको छालामा गोरोपन ल्याउनुपर्छ । तर, कसैले पनि सबैभन्दा चाँडो ठोक्किन जाने आँखाको वास्ता गर्दैनन् । आँखाको हेरचाह गर्दा जवान देखिने मात्रा अझै बढ्छ । किनभने आँखाको वरिपरि आउने चाउरीपनाले उमेर समेत बढी देखाउँछ । पानी र तनावका कारण आँखा वरिपरि यस्तो हुन जान्छ । जसलाई नियमितरुपमा ख्याल गर्न सके राम्रो हुन्छ ।

दाँतको ख्याल गर्नुहोस्

अरुको आँखामा चाँडै पर्ने मध्ये दाँत अग्रपंतिमा आउँछ । आँखा जुधेपछि त्यो नजर दाँतमा ठोकिन्छ । त्यसैले दाँतको ख्याल गर्ने र सरफाइ गर्ने कुरामा कहिल्यै पछि पर्नुहुँदैन ।

क्लिजिङ

आफ्नो दैनिकीमा क्लिजिङ मात्रै थप्ने हो भने पनि अनुहारमाचमक ल्याउन समय लाग्दैन । प्रतिदिन दुईपल्ट क्लिजिङ मात्रै गर्ने हो भने छालामा जमेको धुलो र फोहोर हटाएर स्वस्थ बनाउँछ। यो सेभिङ गर्नुभन्दा पहिले गर्दा राम्रो हुन्छ । जसले सेभिङमा अप्ठ्यारो नपारेर छाला बिगार्न दिँदैन ।

सनस्क्रिन

पुरुषहरु सुन्दरतामा ध्यान दिन्छन् तर मुख्य कुरामा वास्ता गर्दैनन् । घरबाट निस्किनुअघि सनस्क्रिन सबैका लागि जरुरी हुन्छ । घामले महिला वा पुरुष नछुट्याउने भएकाले जवान र सुन्दर देखिन रहर गर्नेले सनस्क्रिन लगाउन अनिवार्य जस्तै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१