कुन नेपाली हिरोइनको कति पारिश्रमिक ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७२, बुधबार १२:३९

काठमाडौँ ।  नेपाली चलचित्र उद्योगको रुपमा विकसित भइसकेको छैन । तर पनि नेपाली चलचित्रले पछिल्लो समयमा दर्शकको निकै साथ पाउने गरेका छन् । गत असोज ३ गते पारित नेपालको संविधान २०७२ मा समेत चलचित्रसम्बन्धि व्यवस्था गरिएको छ । यसले नेपाली चलचित्र विस्तारै विकसित हुने क्रममा रहेको संकेत गर्छ । चलचित्रको कमाइ र चर्चाअनुसार कलाकारको पनि पारिश्रमिक घटबढ हुने गर्दछ । कुनै कलाकार लामो समयसम्म चर्चाको शिखरमा टिकिरहन सक्छन् भने कुनै कलाकार एक पटक मात्रै उदाउँछन् । लामो समयसम्म चर्चामा रहन सकेका कलाकारको पारिश्रमिक पनि बढी नै हुने गर्दछ । नेपालमा केही चर्चित नायिकाहरुले लिने पारिश्रमिकको बारेमा यहाँ चर्चा गरिएको छ ।
रेखा थापा
rekha thapa

 

 

 

 

 

नेपालकी सर्वाधिक चर्चित तथा लामो समयसम्म चर्चामै रहन सफल नायिका रेखा थापा २ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्म पारिश्रमिक लिने गर्दछिन् ।

निशा अधिकारी
nisha adhikari

 

 

 

 

 

नायिका निशा अधिकारीले पद्यमिनी फिल्मका लागि ३ लाख ५० हजार लिएकी थिइन् भने फिल्म पल १ लाख पारिश्रमिकमा गरेकी थिइन् ।

नम्रता श्रेष्ठ 
Namrata_Shrestha

 

 

 

 

 

 

नायिका नम्रता श्रेष्ठ पारिश्रमिकस्वरुप ३ लाख लिने गर्छिन् ।

झरना थापा
Jharana Thapa3

 

 

 

 

 

नायिका झरना थापा एउटा फिल्म गरेवापत १ लाखदेखि २ लाख ५० हजारसम्म पारिश्रमिक लिने गर्छिन् ।

सुमिना घिमिरे
sumina ghimere

 

 

 

 

 

 

नायिका सुमिना घिमिरे १ लाखदेखि २ लाख ५० हजारसम्म लिने गर्छिन् । उनले मिस्टेक फिल्म १ लाख ५० हजारमा साइन गरेकी थिइन् ।

विनिता बराल
binbita baral

 

 

 

 

 

 

कथा मन पर्यो भने पारिश्रमिक नै नलिइ पनि काम गर्न रुचाउने बताउने नायिका विनिता बरालले आजसम्म एउटा फिल्म गरेवापत २ लाख लिएको रेकर्ड छ ।

केकी अधिकारी
keki adhikari

 

 

 

 

 

नायिका केकी अधिकारीले एउटा फिल्म गरेवापत १ लाख ५० हजार लिने गरेकी छिन् ।

प्रियंका कार्की
Priyanka-Karki

 

 

 

 

 

 

नायिका प्रियंका कार्की एउटा फिल्म गरेवापत १ लाख ५० हजार लिन्छिन् ।

सुष्मा कार्की 
sudhma karki

 

 

 

 

 

 

आइटम डान्सको क्षेत्रमा बढी चर्चा कमाएकी नायिका सुष्मा ५० हजारदेखि १ लाखसम्म पारिश्रमिक लिने गर्छिन् ।

साभार – businesssansar.com

प्रतिक्रिया