कान्तिपुर अस्पातालको निः शुल्क एम्बुलेन्स सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७२, बुधबार ०९:५१
download (2)काठमाडौँ ।  राजधानीको तिनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.ली ले देशको पछिल्लो अवस्थालाई मध्यनजर राख्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । संविधान जारीपछि भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव झेलिरहेको बेला कान्तिपुर अस्पतालले काठमाडौं उपत्यका सहित काभ्रेको पाँचखाल, बनेपा, भकुण्डेबेशी लगायतका क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध होस भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको अस्पतालका अध्यक्ष सीबी लामा तामाङ्गले जानकारी दिनुभयो । देशमा संकट परेका बेला अस्पतालले आफ्नो  सामाजिक उत्तरदायित्व सम्झदै इन्धनको सहज आपुर्ति नहुञ्जेल २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा जारी राख्ने अध्यक्ष तामाङ्गले बताउनुभयो । एक सय शैया को यस अस्पतालले अत्याधुनिक प्रविधीमार्फत हरेक प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१