हलीउडकी चर्चित गायिका तथा अभिनेत्री रिहानाले आफ्ना गीत सफल हुनुको रहस्य खोलेकी छिन् । उनको गायन तथा संगीत सफल हुनु बालबालिकाको सिफारिस रहेको बताएकी छिन् । ‘बच्चाहरूलाई संगीत नसुनाई म गीत बाहिर ल्याउँदिनँ त्यसैले गीत सफल हुने र नहुने संकेत बालबालिकाबाट मिल्छ’ रिहानाले भनिन । हलीउडको ‘फिमेलफस्र्टडटकमडटयुके’को रिपोर्टअनुसार रिहानाले गीत बजारमा ल्याउँनु भन्दा पहिले तीन वर्षीय बालबालिकालाई संगीत सुनाउँछिन् ।
‘वास्तविक संगीत मन पराउने–नपराउने उनीहरूले नै निक्र्योल गर्छन्,’ रिहानाले थपिन ‘राम्रो संगीतको प्रतिक्रिया पाएपछि मन आनन्द मान्छ ।’ रिहानाले संगीतको तुलना ट्याटुसँग पनि गरेकी छिन् । ‘गीत ट्याटुजस्तै हो, तपाईं त्यसलाई आफूबाट टाढा राख्न सक्नुहुन्न,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया