काठमाडौँ । राजधानीमा आइतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा काठमाडौंको वसुन्धराकी समिक्षा आचार्य सुपर मोडल २०१५ छानिएकी छिन् । ३४ प्रतिस्पर्धीहरुकोको बीचमा उनले सुपर मोडलको साथमा बेष्ट पर्सनालिटी पनि हात पारिन् । त्यस्तै, किर्तिपुरकी एञ्जिला मालाकार फष्ट रनर्सअपका साथ मष्ट पंचुअल, काठमाडौंको मैतिदेवीकी जीना सिटौला सेकेण्ड रनर्सअपका साथ बेष्ट डान्सर, बौद्ध महांकालकी अनुशा राई थर्ड रनर्सअपका साथ मिस ट्यालेण्ट तथा सर्लाहीको हरिपुरकी पूजन कार्की फोर्थ रनर्सअपका साथमा व्युटी विथ पर्पसको विजेता भए ।
प्रतिक्रिया