भैरहवा,१२ असोज। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु बसेको धर्नालाई प्रहरीले हस्तक्षेप गरि हटाएको छ । सीमानाकामा धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा दशगजा क्षेत्रमा झडप भई केही बेर अवस्था तनावग्रस्त बनेको थियो । धर्ना बस्न नदिई प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएपछि मोर्चाको कार्यकर्ताहरुले सीमा पारी सोनौली र दशगजा क्षेत्रबाट प्रहरी माथि ढुंगामुढा गरेका थिए । झडप पछि सीमापारीको सोनौली बजार पनि बन्द भएको छ ।
ratopati
प्रतिक्रिया