काठमाडौं, १२ असोज । नेपालभर हिन्दी च्यानलको प्रशारण बन्द भएको छ । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा हिन्दी च्यानलको प्रशारण बन्द गरिएको हो । केबल टेलिभिजन सञ्चालकहरुले नै मंगलबार १० बजेदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द गरेका हुन् । राष्ट्रिय स्वाधिनतामाथि भारतले गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनले हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेका हुन् ।
प्रतिक्रिया