सुन्दर युवती पाउन ताजा रगत पिउनुपर्ने (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०७:४३

फुले भनेजस्ती र रोजेजस्ती  राम्री सुन्दरी  केटी नपाउदा  कतिपय युवाले आत्महत्या गर्ने गरेका हुन्छन ।  संसारका धेरै देशमा गोरी, राम्री,  सुन्दर आँखा, राम्रो नाक बान्की परेको अनि कमर छिनेको शरिर नै हेरेर माया गर्न चलन छ । तर, मन हेरेर माया गर्न युवाको संख्या भने कमै रहेको हुन्छ ।
तर, अप्रिकी देश युथोपियामा  रहेका एक जनजाति समुहभित्र राम्री  अनि सुन्दरी केटी पाउन  पहिले  गाईँको आलो रगत पिएर  अर्कोसँग लडाइ गरेर मात्र केटी पाउन सकिन्छ अर्थात बिबाह गर्न पाइन्छ ।  यो उनीहरुको परम्परा देखि चल्दै आएको रीत हो ।


इथोपियाको दक्षिण क्षेत्रको ओमो रिवर वैलीका रहने  यस जनजाति समुहमा युवतीलाई गर्लफ्रेन्ड बनाउनका लागि अर्को युवकसँग लडाइ लड्नुपर्ने हुन्छ ।  यस्तो लडाइ गर्ने समुहलाई “डोगा” नामले चिनिन्छ ।  हरेक वर्ष यस्तो लडाइको आयोजना गरिन्छ जसमा युवक धारिलो हतियार र लाठी लिएर प्रतिद्धन्द्धीसँग लड्छन् ।


यस्तो लडाइ लड्नेभन्दा पहिले उनीहरुलाई गाईँको ताजा खुन  पिलाइन्छ ।  यस्तो लडाइमा  कसै–कसैको त मृत्यु पनि भएको हुन्छ । लडाइमा मारिएको युवकका परिवारलाई मार्ने युवक अर्थात जित्ने युवकका परिवारले क्षतिपुर्ति स्वरुप २० गाईँ या युवती दिनुपर्ने हुन्छ ।
जित हासिल गरेको युवाले आफूलाई मन परेकी सुन्दर युवती रोजेर लिन पाउँछ ।  यस्तो लडाइ जित्ने युवकलाई  समाजमा हिरोको रुपमा मानिन्छ ।  जनजाति समुहको बीचमा ती युवकको अझ बढी इज्जत बढ्ने पनि बताइन्छ । ऐजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१