ब्लडमनी बुझाएमा अमर बमलाई मृत्युदण्ड नहुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार ०६:४३

IMG_1696काठमाडौँ ,१२ असोज । एक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि संयुक्त अरब इमिरेट्स युएइको दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ब्लडमनी बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

न्यूयोर्कस्थित कान्तिपुर प्रतिनिधिले दिएको जानकारीमा दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ बषिर्य बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेशमन्त्रीले मृतक परिवारलाई ब्लड(मनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिनेु आश्वासान दिएका थिए ।

प्रतिक्रिया