भूकम्पपछिको इन्द्रजात्रा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार १५:०४

इन्द्रजात्रा आउनु अघि एउटा अन्यौल थियो- के होला यसपालिको जात्रा? इन्द्रजात्राका क्रममा रथ काठमाडौँका भित्री भागमा तान्नुपर्छ, जहाँ भूकम्पले प्रभाव पारेको छ। अधिकांश घरहरु भत्काइसकिएका छन्। तर केही घरहरुमा अझै टेको लगाएर राखिएको छ। के रथ तान्न संभव होला? कि खटमा राखेर यात्रा चलाउनु पर्ने हो? तर सबै आशंकाहरु चिर्दै रथयात्रा इन्द्रजात्राको प्रमुख दिन आइतबार सम्पन्न भयो। अब थप दुई दिन रथ यात्रा हुन बाँकी छ। एक पटक भोलि र अर्को पटक महिलाले मात्र तान्ने गरी। मन्दिरहरु भत्किएका छन्, काष्ठमण्डप छैन। इन्द्रजात्रामा देखिने मन्दिरको शोभा अब गायब भयो। तर पनि इन्द्रजात्रा भने रोकिएन। त्यसैमा मन खुसी पार्नु परेको छ। हेर्नुस् अंगद ढकालले खिचेका जात्राका केही फोटो

01 - clHHmjS

मन्दिर भत्किएका हुन्, मन होइन।

02 - JPioAjk

इन्द्रजात्रा हेर्न उस्तै थियो सर्वसाधारणको भिड।

03 - ZT058y8

कलात्मक झ्यालबाट परम्परागत जात्राको दृश्य हेर्न रमाइलै हुन्छ।

04 - SP48882

जीवित देवी कुमारीको रथयात्रा।

05 - 05BCnjJ

10 - X71nVtq

09 - al84F5d

कस्तो खल्लो के नपुग्या के नपुग्या जस्तो हुने है। कारण मन्दिर भत्किएको छ। सिँढीभरी भने मान्छे जात्रा हेर्न बसेका छन्। मलाई भने यहाँ पुग्दा एउटा अर्कै डर लागेको थियो। अहिले पनि सानोतिनो भूकम्प त आइराख्या हुन्छ। सानो भूकम्प आइदियो भने त्यसले खासै असर गर्दैन तर यहाँका मान्छेबीच भागदौड मच्चियो भने अकल्पनीय स्थिति आउन सक्छ। त्यसो नभइदियोस् भन्ने कामना गरौँ।

08 - 4Iv5ehh

07 - n2NDkrh

06 - eblcjOk

11 - 4Z28ins

यो गद्दी बैठकमा राष्ट्रपति, प्रधानमन्त्री र कुटनीतिक नियोगका प्रमुखहरु बसेर जात्रा हेर्थे। तर भूकम्पले त्यहाँ बस्न नहुने स्थिति भएकोले तलपट्टी पाल राखेर विशिष्ट अतिथिहरुलाई राखियो।

12 - Z0wNuC4

13 - ju2OuJ1

14 - sITdMp2

15 - VZl7fOD

IMG_6381

IMG_6394

साभार – mysansar.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१