भुत भगाउन घरमा धार्मिक अनुष्ठान गर्दै केरी कटोना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार १४:३८

homeएजेन्सी । तपाईलाई भुतले कहिले पिछा गरिरहन्छ रु सायद यो अरुले तपाईलाई प्रश्न गर्दा पनि अनौठो लाग्न सक्छ । किनकी भुत सायदै तपाईले देख्नु भएको पनि छैन होला । तर हलिउड गायिका केरी कटोनाका अनुसार भूतले सधैं उनलाई पछ्याइरहन्छ । उनी जहाँ गए पनि भूतले पिछा गरिरहन्छ । आत्मा भड्किएर यस्तो भएको भन्दै चिन्तित बनेकी उनले भूत भगाउन घरमा धार्मिक अनुष्ठानसमेत गरेकी छिन् । बिस्तारै मलाई भूत मेरो पछाडी हिँडिरहेको छ जस्तो लाग्न थाल्यो । अरुले सोच्लान्, म पागल हूँ । तर, म सधैं मान्छु भूत मेरो पिछा गरिरहन्छ ।’ उनले अगाडी भनिन्, ‘एकपल्ट केही मानिसहरु के भएको भनेर बुझ्न आए । मैले उनीहरु र मबीचको कुरा रेकर्ड गरेँ । जुन समय उनीहरु आएका थिए त्यतिबेला मेरो एजेन्ट मसँगै थिइन् । त्यसपछि उनी कराउन थालिन् । उनले जे सुनेकी थिइन्, त्यसले उनलाई डर पैदा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१