दाँतलाई कसरी सेतो राख्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०७:१५

भिन्न ब्राण्डका मन्झन प्रयोग गर्दा दाँत सेतो र चम्किलो भएको देखेका छौं । त्यही आशले हामी पनि ती ब्राण्डहरुलाई प्रयोग गर्छौं तर नतिजा त्यही अनुरुपको नआएर कतिपय दिक्क पनि भएका छौं होला । तर, धन्दा नमान्नुहोस् दाँतलाई सेतो बनाउन तपाईं हामीले सोचे जति गाह्रो पनि छैन । दाँत सेतो राख्नका लागि तलका केही सुझावहरु तपाईंका लागि सहयोगी हुन सक्छ ।144122997665

के नगर्ने

बेकिङ सोडाको सकेसम्म प्रयोग नगर्ने । यसले तपाईंको दाँतबाट इनामेलको मात्रालाई कम गर्छ र दाँतको चम्किलोपनामा ह्रास ल्याउँछ जसले गर्दा दाँत पहेँलो देखिन थाल्छ ।गाढा रंगका पिग्मेन्ट भएका खाद्य नखानुहोस् । खाना जस्तै साय सस, मरिनारा ससमा भएको गाढा रंगको पिगमेन्टले दाँतमा दाग बस्न सक्छ ।बजारमा पाइने रेडबुल, मोन्सटरजस्ता शक्तिबद्र्धक इनर्जी पेय पदार्थ नपिउनुहोस् । तिनीहरु कम्पनीले दाबी गरेजस्तै राम्रा हुँदैनन्, विशेष गरेर तपाईंको दाँतको लागि । त्यसमा भएको एसिडले दाँत भएको चम्किलोपनालाई कम गर्दै जान्छ ।धुम्रपान नगर्ने

के गर्ने

टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । ३ महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेको जस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौं ।जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।

फलफूल नियमितरुपमा खाने

यसले तपाईंको दाँतमा चमक र स्वस्थ राख्न मद्दत गर्दछ ।सिट्रस भएका फलफूल जस्तै कागती, सुन्तला खाएपछि मुख पानीले कुल्ला गर्ने । तिनीहरुमा भएको एसिडले दाँतको इनामेललाई कम गर्दछ ।

प्रतिक्रिया