सातौँ खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता मङ्सिर ३ देखि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार १२:००

काठमाडौँ । सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो सङ्घको आयोजनामा सातौँ खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता मङ्सिर ३ देखि ५ सम्म हुने भएको छ । त्रिपुरेश्वरस्थित पत्रकार मञ्चमा आइतबार एक कार्यक्रमको आयोजना गरी सङ्घले सुन्दर सुदूरपश्चिमाञ्चलको धनगढीस्थित क्षेत्रीय रङगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । कुल रु १८ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका महासचिव प्रकाश चन्दले बताउनुभयो ।

सुदूरपश्चिमाञ्चललाई पर्यटकीय र खेलकुदमा विकास गर्ने उद्देश्य स्वरुप विसं २०६२ देखि यस प्रतियोगिता हँुदै आएको सङ्घका अध्यक्ष नारदमुनि रानाले बताउनुभयो । प्रतियोगितामा ९ देखि ८४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् भने समान ३५–३५ स्वर्ण र रजत तथा ७० कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तीनदिने प्रतियोगिताका लागि नयाँ शक्ति नेपालले रु आठ लाख प्रायोजन गरेको छ ।
कुङफुको डिप्लोमा ग्रेडिङ

नेपाल उमा कुङफु सङ्घको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार यहाँ सम्पन्न भएको छ ।

दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय उमा कुङफु, बूढानीलकण्ठका एक महिलासहित जम्मा नौ जना सहभागी थिए ।

उनीहरुलाई सङ्घका अध्यक्ष उद्धव थापामगर र सचिव सिद्धार्थ लामाले व्यावहारिक र सैद्धान्तिक ज्ञान दिनुभएको थियो । सहभागी सबै फुल रेडबाट ब्ल्याकवेल्टमा पदोन्नति भएको सङ्घले जनाएको छ ।

ग्रेडिङ कमिटीका उद्धव थापामगर तथा सङ्घका महासचिव अनिमेशलाल श्रेष्ठ र सदस्य सञ्जीतकुमार राईले सहभागीको परीक्षा लिनुभएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१