इन्टर मिलानको अपराजित यात्रा टुंगियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार ०७:४२

2CD6909500000578-3251398-image-a-20_1443392799552इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको अपराजित यात्रा टुंगिएको छ । आइतबार राति भएको खेलमा फिओरेन्टिनासँग ४–१ ले पराजित भएसँगै इन्टर मिलानको अपाराजित यात्रामा पूर्णविराम लागेको हो । सुरुवातको चौंथो मिनेटमा नै पाएको पेनल्टीको अवसरलाई सदुपायोग गर्दै योसिप इलिचिकले फिओरेन्टिनालाई सुरुवाती अग्रता दिलाए । फिओरेन्टिनाको जितमा निकोला कलिनक नायक बने । कलिनकले ह्याट्रिक गरे । १८ औं मिनेटमा कलिनकले व्यक्तिगत पहिलो गोल गर्दै फिओरेन्टिनाको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि कलिनकले व्यक्तिगत दोस्रो गोल गरेपछि फिओरेन्टिनाको अग्रता ३–० मा पुग्यो । ३१ औं मिनेटमा मिरान्डा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको इन्टर मिलानका लागि ६० औं मिनेटमा आइकार्डीले एक गोल फर्काए । ७६ औं मिनेटमा कलिनकले ह्याट्रिक पुरा गरेपछि फिओरेन्टिना ४–१ ले विजयी भयो । जितसँगै फिओरेन्टिना ६ खेलबाट १५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फिओरेन्टिना १६ वर्षपछि पहिलो पटक सिरी एको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि सन् १९९९ को सिजनमा फिओरेन्टिना शीर्ष स्थानमा पुगेको थियो । समान ६ खेलबाट १५ अंक नै जोडेको इन्टर मिलान गोल अन्तरमा पछि पदै दोस्रो स्थानमा झरेको छ । सन् २०१० मा अहिले चेल्सीका प्रशीक्षक रहेका जोस मोरिन्होको प्रशिक्षणमा सिरी ए, च्याम्पियन्स लिग र कोप्पा इटालियाको उपाधि जितेको इन्टर मिलानले त्यसपछि उपाधि जित्न सकेको छैन । सिरी एको डिफेन्डिङ च्याम्पियन युभेन्टसले यो सिजन निकै खराब प्रदर्शन गरेको छ । ६ खेलबाट मात्रै पाँच अंक जोडेको युभेन्टस तालिकाको १५ औं स्थानमा छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१