हृदयाघातको सिकार तन्नेरीहरू पनि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार ०७:३१

heart_attack_90673काठमाडोँ, ११ असोज । शारीरिक अभ्यास गर्न छोडी सबेरै इन्टरनेटमा व्यस्त हुने, रक्सी धेरै पिउने, जंकफुडलाई खानाकै रूपमा लिन थालेपछि नेपाली युवा धमाधम हृदयाघात कोरोनरी हार्ट डिजिज को सिकार बन्न थालेका छन् ।

चिकित्सकका अनुसार पछिल्लो पाँचरछ वर्षयता नेपाली युवामा अस्वाभाविक रूपमा हृदयाघात बढेको छ । यसलाई नियन्त्रण गर्न नसकिएमा आगामी १५ वर्षमा हृदयाघात भएर नेपालमा मर्नेहरूको संख्या ३५ प्रतिशत पुग्ने अनुमान चिकित्सकको छ ।

ज्यानमारा रोगका रूपमा चिनिएको हृदयाघात पहिले धनी र वृद्ध उमेरका मानिसमा देखापर्ने भनिएको भए पनि अहिले २० वर्षमै युवाहरूले ज्यान गुमाउन थालेको वीर अस्पताल, मुटुरोग विभागका प्रमुख एवं नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष डा। प्रकाशराज रेग्मीले बताए ।

रेग्मीका अनुसार अस्वस्थकर खानपान र शारीरिक अभ्यासको कमीले सहरी क्षेत्रका युवाहरू सबैभन्दा धेरै हृदयाघातको सिकार हुन पुगेका छन् । ‘पहिले सबेरै शारीरिक अभ्यास गर्ने, घरको स्वस्थ खाना प्रयोग गर्ने, रक्सी पिउनु हुँदैन भन्ने सुझावलाई युवाले आत्मसात् गर्थे,’ रेग्मीले अन्नपूर्णसँग भने, ‘अब त्यस्तो अवस्था रहेन, बिहानै ओछ्यानमै मोबाइल, इन्टरनेट, ल्यापटप, कम्युटरमा व्यस्त हुन थालेका छन् युवाहरू, विभिन्न बहानामा अत्यधिक रक्सी पिउन थाले, जंकफुडको प्रयोग पनि धेरै भइरहेको छ, गरिबी, बेरोजगारी, सामाजिक अवस्था, लभ अफेयरलगायतको तनावले हृदयाघात निकै बढेको छ ।’

सरकारसँग युवामा हृदयाघातको अवस्थाबारे तथ्यांक नभए पनि सहिद गंगाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक अस्पताल, ग्रान्डी अस्पताल, नेपाल हार्ट फाउन्डेसनलगायत मुटुरोग उपचार गर्ने अस्पतालहरूमा पुग्ने बिरामीमध्ये १० देखि १५ प्रतिशत युवाहरूलाई हृदयाघात भएको पाइएको छ ।

ती अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ र शल्यचिकित्सक हृदयाघातको समस्या युवामा बढ्दै जाँदा यसले ठूलो क्षति निम्त्याउन सक्ने बताउँछन् । सहिद गगांलाल हृदय केन्द्रका निर्देशक डा। जोतेन्द्र शर्माले पछिल्लो समय केन्द्रमा उपचारका लागि आउनेमध्ये आधाजति युवा हृदयाघात भएर ढिलो आइपुग्ने बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१