क्रोलिभेटस् शहरमा २ सय २० वर्षसम्म बाँचेको रुखको रहस्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार ०६:५४

युक्रेनको सुमी क्षेत्रस्थित क्रोलिभेटस् शहरमा विश्वकै फरक शैलीको स्याउको बँगैचा यतिबेला चर्चामा छ । यस बँगैचामा एउटै मात्र रुख छ । तर २ सय २० वर्षको त्यस रुखमा थुप्रै हाँगा छन् । यस बँगैचालाई एप्पल ट्रि कोलोनी नाम दिइएको छ ।

Ukrine tree

यस रुख अझै शताब्दीऔँसम्म जीवित रहने अनुमान लगाइएको छ । सुरुआतमा यो रुख पनि सामान्य नै थियो । तर बुढो हुदैँ गएपछि यसको हाँगाहरु घुमाउरो रुपमा जमिनमा तलैसम्म आउने गरी झाँगिन थाले । त्यसपछि ति प्रत्येक हाँगा समेत जरामा परिणत हुन थाले । प्रत्येक पल्ट जब एउटा पुरानो हाँगा मर्छ तब यस रुखको अस्तितव कायम राख्न अर्को हाँगा पलाईहाल्छ । सन् १९७० मा यसमा ९ वटा यस्ता हाँगा थिए । सन् २००८ सम्म आइपुग्दा हाँगाविँगाको संख्या दोब्बर भयो ।
अहिले यसमा थुप्रै हाँगा बिगा तथा जरा छन् । प्रत्येक हाँगामा स्याउ फल्छ र त्यो पनि निकै मिठो छ । युक्रेनको शाही परिवारका राजकुमार पिटर सर्गिभले यस रुख रोपेको स्थानिय बुढापाका बताउँछन् । उनको निधनपछि सम्मानमा रुखका हाँगाहरु जमिनमा झुकेको स्थानिय किन्वदन्ती छ । राजकुमारको मृत शरिरलाई यही रुखको हाँगामा सन् १८४८ मा गाडिएको थियो ।Urkine-tree-2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१