काठमाडौँ । ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान )निर्वाचन समितिले आसन्न निर्वाचनका लागि मतदाता नामावली सूची ९भोटर लिष्ट० प्रकाशित गरेको छ शनिबार उक्त सूची सचिवालयको सुचना पार्टीमा टाँसिएको छ । प्रकाशित सूचीमा मतदाताहरुको संख्या नौ सय ९० जना रहेका छन् । संस्थामा हालसम्म १२ सयभन्दा बढी सदस्यहरु रहेको सचिवालयले जनाएको छ ।
मतदाता नामावली प्रकाशित गरेसँगै आईतबार विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदाता दावीबिरोधको समय निर्धारण गरिएको छ । त्यस्तै, सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय तथा उम्मेद्वारी दर्तालगत्तै ४ः ३० बजे उम्मेद्वारी नामावली प्रकाशनको समय रहेको छ भने ४ः ३० बजेदेखि ५ः ३० बजेसम्म उम्मेद्वारी दावी बिरोधका लागि समय छुट्याईएको छ । साँझ ६ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिने समय तालिका रहेको टानका वरिष्ट उपाध्यक्ष केशव पाण्डेले बताउनुभयो ।
यसैगरी, मंगलबार अर्थात १२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । यसलगत्तै ३ः ३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
यसैगरी १५ गते शुक्रबार साधारणसभासँगै दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि टान निर्वाचनका लागि मतदानको समय सार्वजनिक गरिएको छ । मतदानपश्चात मतगणना र निर्वाचन परिणाम सार्वजनिक गरिने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया