सेक्सका १० रोचक तथ्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०६:५८

मानिसले स्वस्थ जीवन जिउनको लागि दाल भात तथा अन्य पौष्टिक आहारसँगै स्वस्थ यौनको पनि आवश्यकता पर्दछ । मानव जीवनमा यौनलाई प्रकृतिले दिएको उपहारको रुपमा लिइन्छ । मानिसको विभिन्न उमेर समूह मध्ये किशोरावस्थामा यौन चाहनामा तिव्रता आउनुलाई सामान्य मानिन्छ ।यौनका मामिलामा विश्वमा हरेकदिन एक न एक प्रकारका घटनाहरु घटिरहेका हुन्छन् । ति मध्ये केही रोचक र अविश्वसनीय पनि हुन्छन् ।यौनको बारेमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका केही रोचक तथ्यहरु यस्ता छन्images

।१।विश्वभरमा दैनिक १० करोड मानिसले यौनसम्पर्क गर्छन्

।२।कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू औशत दैनिक ०।२८, हप्तामा १।९८ र वर्षमा १०३ पटक यौन सम्पर्क गर्छन्

।३।गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौन क्षमता बढाउछ

।४। यौन सम्पर्क गर्दा महिलाको ७० देखि १२० क्यालोरी खर्च हुन्छ भने पुरुषको ७७ देखि १५५ क्यालोरी खर्च हुन्छ

।५। यौन सम्पर्क गर्न अमेरिकी र ग्रिक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन्, अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रिकले एक वर्षमा ११७ पटक         यौन सम्पर्क गर्छन् । भारतीयले ७६ पटक र जापानीले ३६ पटक यौन सम्पर्क गर्ने अध्ययनले देखाएको छ

।६। अध्ययनले एक वर्षमा पुरुष सपना देखेर नौपटक उत्तेजित हुने देखाएको छ

।७। सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घण्टामा ९१९ जनासंग सेक्स गरेर रेकर्ड नै कायम गरेकी थिइन्

।८। विश्वभर ४२ लाख पोर्न वेबसाइट रहेको तथ्यांक अनुसन्धानबाट देखिएको छ । त्यसमा दशौं लाख सेक्स सम्बन्धी भिडियो राखिएका छन् ।

९। प्राचीन संस्कृत पुस्तक ‘कामसूत्र’मा विभिन्न ६४ सेक्स आसन उल्लेख गरिएको छ ।यसलाई भारतको खजुराहो र कोनार्क मन्दिरमा चित्रित गरिएको     पाइन्छ

।१०। केही अफ्रिकी देशहरुमा अहिले पनि कुमारी केटीसंग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।  एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१