एक्ला मानिसहरु बढी नकरात्मक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७२, आईतवार १३:४९

DEPRESSION-facebook-1024x512एजेन्सी। पछिल्लो समयमा एक्लोपनलाई एक प्रकारको रोग पनि बताउने गरिएको छ । समाजमा हेलमेल गर्न नरुचाउने प्रायः मानिसहरुले एक्लो जीवन जीउने गरेको पाइन्छ । एक्लो जीवन बिताउनुका विभिन्न कारणहरु छन् । कतिपय मानिसहरु चोट, पीडा लगायत मानसिक कारणले एक्लो जीवनको बाटो रोजेको देखिन्छ भने केही मानिस जन्मिँदै एक्लो रमाउने स्वभाव लिएर आएका हुन्छन् । अमेरिकाको शिकागो विश्व विद्यालयले गरेको एक अध्ययन अनुसार एक्ला मानिसहरुमा अत्यधिक नकरात्मक सोच हुने गर्छ ।

शिकागो विश्वविद्यालयका स्टेफेनी र जोन कासिओप्पो नाम गरेका दुई चिकित्सकले पछिल्लो पटक दुईटा अध्ययन गरेका छन् जसअन्तर्गत एक्लो दिमाग समाजका नकरात्मक गतिविधिप्रति कसरी अत्यधिक सचेत हुन्छ भन्ने दर्शाइएको छ । अध्ययन अनुसार कुनै नकरात्मक सामाजिक गतिविधि देखाउँदा एक्लो मानिसको दिमागको विद्युतीय गतिबिधि निकै तीव्र र प्रष्ट चिन्न सकिन्थ्यो ।
यसअघि वालस्ट्रिट जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार एक्ला मानिसहरु निरन्तर रुपमा सामाजिक बहिस्कारतर्फ उन्मुख भएको पाइएको थियो । यो पछिल्लो अध्ययन पनि सो अध्ययनसँग मिल्दोजुल्दो रहेको पाइएको छ । जर्नल कोर्टेक्समा प्रकाशित यस अध्ययनमा नितान्त एक्लै जीवन बिताएका ३८ मानिसहरु र एक्लो जीवन नजिउने ३२ जनालाई सहभागी गराइएको थियो । अनुसन्धानकर्ताहरुले सहभागीको दिमागको विद्युतीय गतिबिधिको गहन अध्ययन गरेका थिए ।

नियमित र अर्धचेतना प्रभावमा सहभागीको दिमागले कसरी काम गर्छ भन्ने विषयमा पत्ता लगाउन परीक्षण गरिएको थियो । त्यसपछि उनीहरुलाई समाजिक र सकारात्मक तथा असामाजिक र नकरात्मक शब्दहरु दिएर उनीहरुको दिमागको अवस्थालाई परीक्षण गरिएको थियो ।

एउटा शब्दलाई ‘स्क्रिन’मा देखाउदा एक्लो मानिसको दिमाग तीनटा फरक माइक्रोस्टेट्सभित्र पुगेका थिए । दिमागका विभिन्न अंशहरुलाई एउटा निरन्तर स्वरुपमा सक्रीय बनाउँदा देखिने सापेक्षिक स्थिरताको अवधिलाई माइक्रोस्टेट्स भनिन्छ । अध्ययनमा एक्लो बस्ने मानिसहरुको दिमाग एउटा माइक्रोस्टेट्समा प्रवेश गरेको थियो जसले भिन्न स्पष्ट देखिने गरी समाजिक रुपमा नकरात्मक शब्दहरुलाई ‘रेसपोन्स’ गरेको थियो अर्थात् नकरात्मक शब्दहरुप्रति उनीहरु अत्यधिक सचेत थिए । एक्ला मानिसहरु सामाजिक रुपमा धम्कीपूर्ण र नकारात्मक असामाजिक शब्दप्रति अत्यधिक सचेत भएको देखियो । यसको अर्थ एक्ला मानिसहरुले नकरात्मक कुराहरुलाई मात्र बढी ध्यान दिएको पाइयो ।

यी अनुसन्धानकर्ताहरुले अर्को एक अध्ययन पनि गरेका थिए जहाँ १९ मानिसहरुमध्ये १० जना एक्लो जीवन जीउन बानी परेका थिए । उनीहरुलाई २८ ओटा तस्बिरहरु देखाइएको थियो । सात ओटा सामाजिक र सकारात्मक थिए भने सात ओटा सामाजिक तर नकरात्मक । त्यस्तै सात ओटा असामाजिक सकरात्मक र बाँकी ७ ओटा असामाजिक र नकारात्मक रहेका थिए । विद्युतीय गतिबिधिका लागि उनीहरुको दिमाग स्क्यान गरिएको थियो । अनुसन्धानकर्ताहरुले समाजिक धम्कीलाई अन्य सकरात्मक र सामाजिकको तुलनामा निकै छिटो प्रतिक्रया देखाएका थिए ।

साइकोलोजी टूडेमा प्रकाशित एउटा लेख अनुसार डा । केसीओपोले एक्लोपनबाट मुक्ति पाउने चारओटा चरणहरु पनि प्रकाश पारेका छन् जसलाई उनले इएएसई विधि भनि परिभाषित गरेका छन् ।
एक्लोपनबाट कसरी जोगिने रु

यदि तपाईलाई मन नपरे पनि कसैको सामाजिक निमन्त्रणालाई स्वीकार गर्नुहोस् । यदि तपाई सधैँ एक्लो हुनुभयो भने अरुसँगको सम्बन्धबाट सदा एक्लिनुहुन्छ ।
हामी केबल निष्क्रिय पीडित होइनौं र हाम्रो कतिपय बिचारको पनि महत्व हुन्छ भन्ने महशुस गर्नुहोस् । हाम्रा सोच, आशा र अरुप्रति देखाउने स्वाभावको एउटा अनौठो र सशक्त प्रभाव हुन सक्छ भन्ने कुरालाई सदा ध्यान दिनुहोस् ।
एक्लोपनको समाधान परिणाम मात्र होइन बरु सम्बन्धको गुणस्तर पनि हो । अर्थपूर्ण सम्बन्ध स्थापित गर्न आफ्नो जस्तो साझा बिचार भएका मानिसहरुसँग समय कटाउनुहोस् ।

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१