इनरुवा, ९ असोज । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार ७२ वर्षीय वृद्धले आत्महत्या गरेका छन् । इनरुवा–७ बस्ने ७२ वर्षीय खटर मेहताले आफ्नै घरमा रहेको मचानको वासमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।
मेहताले २०६९ कात्तिक ६ गतेसमेत विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनु भयो । रासस
प्रतिक्रिया