यस्तो पनी समाचार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०५:४५

 मलेसिया । भनिन्छ मायामा सबथोक जायज हुन्छन । मर्नेदेखी मार्नसम्म यस्तैको भीडमा नाम नबताउने शर्तमा एकजना प्रेमीले प्रेमीका बिरुद्द कदम उठाउने भएका छन । आफुलाई आफ्नै प्रेमीकाले बिनाकारण सोझोपनको नाजायज फाईदा उठाई विभिन्न झुठा आरोप लगाएर विदेशमा भएको बेला अर्कैसँग विवाह गरेर बर्बाद पारेकाले प्रेमीका बिरुद्द त्यस्तो कदम सुरुवात गरेको बताउनुभयो । love-cartoon-300x236आफ्नो र प्रेमीकाको सम्बन्धको बारेमा प्रेमीकाको परीवारमा जानकारी गराए पनी प्रेमीकाले नै हैन भनेर अरुसँगनै परिवार बिरुद्द गएर विवाह गरेपछि आफुलाई त्यस्तो कार्य गर्न बाध्य भएको उनको भनाई छ । २०७० असार ३१ गते सँगैमर्ने बाच्ने कसम खाएर मलेसिया आएका प्रेमीलाई बिना कारण तुच्छ र अपमान गरी अर्कैसँग विवाह गरेर गएपछि यस्तो कदम चाल्नु परेको उनले बताए । बिगत ३ वर्षयता माया प्रेम गरिरहेका प्रेमीकाले यस्तो गरेपछि उनी ड्युटी नजाने र गएपनी मानसिक रोगीको जस्तो ब्यावहार देखाउने गरेको उसको साथीले बताए । ३ बर्षको सम्झौता गरेर विदेश आएका उनी प्रेमीकाले नै धोका दिए पछि नेपाल जाने तयारीमा छन । नेपाल गएपछि प्रेमिका बिरुद्द समाज राखेर छलफल गर्ने र समाजले पनी नभए कानुनी बाटो अँगाल्नको लागी सम्बन्धीत ठाउँमा उजुरी गर्ने उनले गुनासो गरे । प्रेमीका बिरुद्द लाग्नको लागी ठोस प्रमाणहरु समेत प्रशस्त रहेको उनले बताए । पछिल्लो समय प्रवासमा रहेका नेपालीहरु आफ्नै श्रीमती धन सम्पत्ती लिएर अरुसँग नै विवाह गरेर जाने,छोरा,छोरीको बिचल्ली हुने कारणले सयौ प्रवासमा नै बतासिएका छन । यस्तै युवाहरु भने प्रेमीकाले धोका दिए पछि आत्माहत्या गर्ने,कुलतमा लाग्ने गरेका छन । एकवर्षयता मलेसियामा मात्र दर्जनौ भन्दा बढी नेपाली माया प्रेममा धोका खाएर आत्माहत्या गरेको पाईएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१