काठमाडौँ । असोज १ गतेबाट राजधानीमा प्रर्दशनमा आएको फिल्म ‘वडा नम्बर ६’ मोफसलका हलहरुमा असोज १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यो फिल्मले राजधानीमा मात्र एक करोडभन्दा माथिको व्यापार गर्न सफल भइसकेको छ ।
तराई आन्दोलनका कारण वितरण कम्पनी एफडिले असोज १ गते फिल्मको मोफसल प्रदर्शन स्थगन गरेको थियो । दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको यो फिल्मले राजधानीका पर्दाहरुमा दोश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ ।
धबमब लगmदभच अजबराजधानीबाट एक सातामा आफ्नो फिल्मले डेढ करोड नजिकको व्यापार गरेको निर्माता दिपकराज गिरीले बताएका छन् । ‘वडा नं ६’ को व्यापार मल्टिप्लेक्समा आक्रमक देखियो । ८० लाख लागत बताइएको फिल्मको लगानी राजधानी बाटै उठाउने उद्धेश्य छ । रिलिजको दोश्रो शुक्रबार पनि फिल्मको व्यापार राम्रो रहेको निर्मात्री दीपाश्री निरौलाले बताएकी छन् । उज्वल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा दीपकराज सहित जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । कलाकारको अभिनय देखि फिल्मको कथा वस्तु पनि रुचाइएको छ ।
प्रतिक्रिया