३३ बर्षपछि सोमवार बिहान ५:३० बजे हुनेछ दुर्लभ दृश्य (रातो अनि ठूलो चन्द्रमा)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार १८:२१

red-and-big-moonकाठमाडौँ ,८ असोज । अमेरिकामा आइतबार राती र नेपालमा सोमबार करीब बिहान ५:४५ बजेको समयमा आकासमा दुर्लभ खगोलीय दृश्य देख्न पाइनेछ । ‘सुपरमुन’को साथमा पूर्ण चन्द्र ग्रहण हुनेछ । प्राचीन मान्यता अनुसार यो ‘सुपर ब्लडमुन’ को सम्भावित प्रलयको अशुभ संकेत मानीन्छ । यसभन्दा पहिले ‘सुपरमुन’ सँगै पूर्ण चंद्रग्रहण ३३ बर्ष अगाडी भएको थियो र पछिल्लो ११५ सालमा यस्तो मात्र पाँच पटक भएको छ ।

किन र कहिले चन्द्रमा रातो देखिन्छ ।
‘सुपर ब्लडमुन’ त्यो अवस्थामा देखिन्छ जब चन्द्र ग्रहण र जब चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको नजिक बिन्दुमा हुन्छ । चन्द्रमा जब पृथ्वीको ठीक पछाडी छायामा आउँछ उसको रङ गहिरो रातो हुँदै जान्छ किनकी चन्द्रमामा केबल पृथ्वीको वायुमण्डल हुँदै सुर्यको प्रकाश पुग्छ ।

के हो सुपर मुन भनेको?
सुपरमुन भन्नाले अन्य अवस्थामा भन्दा चन्द्रमाको आकार ठूलो हुनु हो । यस्तो त्यो अवस्थामा हुन्छ जब चन्द्रमा अरु अवस्थामा भन्दा नजिक हुन्छ । नासाको बैज्ञानिक नोआह पेट्रो भन्छन्, ‘चन्द्रमाको कक्ष पूर्ण रुपले गोलो छैन यसकारण चन्द्रमा कहिले काँहि आफ्नो कक्षमा घुम्दै गर्दा अपेक्षाकृत पृथ्वीको धेरै नजिक आउदछ । चन्द्रमाको आकारमा कुनै परिवर्तन भएको हुँदैन तर त्यहि नजिक भएको कारण सामान्य अवस्था भन्दा त्यस दिन १४ प्रतिशत ठूलो देखिने छ ।

३३ बर्ष पछि यो दुर्लभ संजोग
यो पटक असामान्य कुरा यो छ कि सुपरमूनको साथमा पूर्ण चन्द्र ग्रहण पनि पर्दैछ । यस्तो खाले घटना १९०० पछि केबल पाँच पटक भयो (१९१०, १९२८, १९४६, १९६४ र १९८२)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१