काठमाडौँ,८ असोज। नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित भएका छन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न
कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महजोडीलाई एक कार्यक्रमका बीच सो उपाधि प्रदान गरे ।
यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसक्नु भएको छ । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाएका थिए ।
प्रतिक्रिया