एजेन्सी । स्विडिस तथा ग्रिक अभिनेत्री इल्ली अब्राहम अहिले बलिउडमा आफ्नो भाग्य खोज्दैछिन् । उनले हिन्दी चलचित्र उद्योग विदेशी कलाकारलाई सहजै स्विकार्ने उद्योग रहेको भन्दै यसको प्रशंशा गरेकी छिन् ।
उनले बलिउडको छवि अन्तर्राष्टिय जगतमा फरक र सकारात्मक रहेको भन्दै प्रशंशा गरेकी छिन् । इल्लीले यसअघि सन् २०१३ मा माइकी भाइरस चलचित्र मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनले १० वर्षको अवधिमा बलिउडमा धेरै परिवर्तन भएको बताइन् ।
१० वर्षअघि यस्तो थिएन । मलाई यो परिवर्तनले निकै खुसी लागेको छ । इल्ली अहिले प्रदर्शनमा आउने लागेको किस किस्को प्यारो करो नामक रोमान्टीक कमेडी चलचित्रमा कपिल शर्मासँगै गरेको अभिनयका कारण चर्चामा छिन् ।
प्रतिक्रिया