स्वास्थ्य र सौन्दर्यका लागि रियल थेरापी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार १४:४७

कल्पना दंगाल

काठमाडौँ। दैनिक दौडधुप र आधुनिक जीवनशैलीका कारण मानिसमा मानसिक तथा शारीरिक समस्या बढ्दै गएको छ । सहरीया वातावरणमा बदलिदो परिस्थितिसँगै बजारमा मानसिक तथा शारीरिक तन्दुरुस्तीका विभिन्न उपचार र सामग्री आइरहेका छन् ।rea

काठमाडौंको ठमेल विदेशी तथा नेपाली पर्यटकहरुका लागि लोकप्रिय थलो हो । जहाँ पर्यटकहरुका लागि लक्षित गर्दै बिभिन्न संघसंस्था क्रियाशिल छन् भने पर्यटक लक्षित विक्री वितरणका सामाग्रीहरुको केन्द्र राखिएका छन् । यही ठमेलको मध्यभागमा विगत १२ बर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ, रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट । जसले, विदेशी पर्यटकहरुलाई आकर्षित गरिरहेको छ, नेपाली ग्राहकलाई सन्तुष्टि दिइरहेको छ । जहा विदेशी तथा नेपालीहरु आफ्नो सौन्दर्यतामा निख्खार ल्याउन पुग्ने गर्दछन् । भर्खरै रियल थेरापी एण्ड ब्युटी प्वाइन्टले सञ्चालनमा ल्याएको ओफुरोको सेवा त यतिबेला पर्यटकहरुका लागि आकर्षणको अर्को विषय बनेको छ ।gdgdgaपछिल्लो समय यिनै समस्याको उपचारका लागि प्रभावकारी बन्दै गएको छ स्पा थेरापी । यो उपचारअन्तर्गत साउना बाथ, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा लिन सकिन्छ ।

हुन त, मानिस प्राकृतिक रुपमै सुन्दर हुन्छ । तर, कामकाज र वातावरणले मानिसको रुपमा असर गर्छ । यहि कुराई मध्यनजर गर्दै बजारमा विभिन्न सौन्दर्यका सामाग्रीहरु पाइन्छन् । मानिसको सौन्दर्यमा ह्रास आउन नदिन र सौन्दर्यलाई निखार ल्याउन विभिन्न सौन्यर्य केन्द्र तथा संघसंस्थाहरु खुलिका हुन्छन् । पछिल्लो समय आयआर्जन र विदेशी पर्यटन भित्राउने आकर्षणसमेत सौन्दर्य पेशा बन्न थालेको छ ।

विदेशी पर्यटकलाई लक्षित गर्दै विगत १२ बर्षदेखि रियल थेरापी एण्ड ब्युटी प्वाइन्टले सौन्दर्य र शारीरिक स्वास्थ्यका लागि नयाँनयाँ प्रविधिहरु भित्राइरहेको छ । रियल थेरापी एण्ड ब्युटी प्वाइन्टका सञ्चालक भवि शर्मा नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आफ्नो संस्था अघि बढेको दावी गर्नुभएको छ । संचालक शर्मा भन्नुहुन्छ, ‘आफुले पर्यटन क्षेत्रमा काम गर्दा पर्यटकहरुले चाहेको सेवा सुविधालाई ध्यानमा राखेर रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट सञ्चालनमा ल्याएको हो ।’
समाजमा स्पा व्यवसायलाई नकारात्मक कोणबाट हेरिने गरिएको छ, केही मसाज सेन्टरहरूले त्यस्ताखाले विकृतिजन्य कार्यहरू पनि नगरेका हैनन् तर पछिल्लो समय यो व्यवसायलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्दै गएको छ, त्यसअनुरुप व्यवसायीले पारिवारिक रूपमा अन्तर्राष्ट्रियस्तरको सेवा दिन थालेका छन् ।11815853_10200996086300987_337731587_n
रियल थेरापी एण्ड ब्युटी प्वाइन्टमा नेपाली तथा विदेशी पर्यटकहरुको सौन्दर्य निखारता र शारीरिक मसाजको व्यवस्था छ । विदेशी पर्यटकहरुका लागि उनीहरुकै चाहना अनुसारको मसाज गर्ने व्यवस्थासमेत रहेको छ । जसबाट विदेशी पर्यटकहरु रियल थेरापी एण्ड ब्युटी प्वाइन्टको सेवाबाट सन्तुष्ट भएर जाने गर्छन् । शारीरिक मसाजका लागि महिला तथा पुरुषका लागि छुट्टाछुट्टै रुमको व्यवस्थासमेत रहेको छ, जहा व्यवसायिकता भेट्न पाइन्छ । ठमेलमा मसाज भन्ने वित्तिकै गलत दृष्टिकोणले हेर्ने गरिन्छ । realkk
समय र‌ परि‌स्थिति सँगसँगै‌ मसाजको‌ नाममा विभिन्न किसिमका विकृतिहरु फै‌लिर‌हे‌को‌ बे‌ला पारि‌वारि‌क मसाजको‌ अवधार‌णा ल्याउने‌ पहिलो‌ व्यक्तित्वको‌ रुपमा शर्मालाई चिन्न सकिन्छ । उहाँ अहिले‌सम्म ने‌पालमा सञ्चालित स्पा व्यवसायहरुमध्ये‌ सबै‌भन्दा बढी लगानी गर‌े‌र‌ से‌वा उपलब्ध गर‌ाउने‌मा पनि पर्नुहुन्छ । स्पा तथा मसाज व्यवसायप्रति ने‌पाली समाजले‌ हे‌नेर्‌ दृष्टीको‌णलाई परि‌वर्तन गर‌ी मानिसको‌ जीवनमा मसाज पनि
रियल थेरापी एन्ड ब्युटी पोइन्ट डेढ दशकको अवधिमा निकै लोकप्रिय भैसकेको छ। ठमेलस्थित यो स्पाले मसाजसँग जोडिएका भ्रामक टिप्पणीहरूलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ। यो नेपालको सबैभन्दा सुरक्षित एवं प्रचलित स्पा सेन्टर हो। यो ठमेलमा भए पनि निकै शान्त ठाउँमा छ। यो स्पामा पाँचतारे होटलको सेवा अनुभव गर्न सकिन्छ। यहाँका तालिम प्राप्त तथा हँसिला थेरापिस्टहरूको थेरापीले कुनै पनि ग्राहकको चित्त बुझाउन सक्छ। यो स्पाको क्याफ्रटेरियामा हलुका स्न्याक्स तथा पेय पदार्थको मज्जा लिन सकिन्छ। सफा तथा आकर्षक यो स्पाको संरचनाले जोसुकैलाई मोहित तुल्याउँछ। यो स्पाले एकै पटकमा ४० जना ग्राहकलाई सेवा दिने क्षमता राख्छ। हप्ताको सातै दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने यो स्पामा लाइन नहुँदा पनि सेवा लिन सकिन्छ। एअर कन्डिसनयुक्त यो स्पामा भित्र पस्नेबित्तिकै सुगन्धित हर्बल चियाले स्वागत गरिन्छ। फोन गरियो भने पिकअपको सुविधा पनि प्रदान गरिन्छ। नयाँ(नयाँ सेवा भित्राउँदै आएको स्पाले भर्खरै अफुरो नामक सेवा उपलब्ध गराउन थालेको छ जुन स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ।

विशेषता

  • ९० केभीएको विद्युत् ब्याकअप।
  • व्यक्तिगत लकरको सुविधा।
  • (पुरुष तथा महिलाका लागि फरक(फरक चेन्जिङ रुम तथा सावर।
  • एउटै कम्प्लेक्सभित्र सबै किसिमका स्पाको सुविधा।
  • ग्राहकहरूको फिडब्याकको कदर।
  • मेम्बरसिपको व्यवस्था।
  • सेवा
  •  रिफेक्सोलोजी
  • आयुर्वेदिक मसाज
  • जापानी मसाज
  • ट्रेकर मसाज
  • अफुरो
  • शिरोधाराgdgdg

शारीरिक तन्दुरुस्ती, सौन्दर्य र पर्यटनको क्षेत्रमा निकै महत्वपूर्ण मानिएको स्पाभित्र विभिन्न प्रकारका उपचार विधिहरु पाइन्छन् । उमेरअनुसार मानिसको शरीरका प्रत्येक भागलाई विभाजन गरी उपचार गर्ने र बाहिरी सौन्दर्यता कायम गर्न बढी स्पा गर्ने गर्छन् । उदाहरणका रुपमा हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, फुट स्पा, नेल स्पा, स्किन स्पाजस्ता नाम बढी सुनिन्छन् ।

रियल स्पा थेरापीले साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी, स्ट्रचिङ थेरापीका साथै ब्युटीपार्लर र सैलुनमा हुने सम्पूर्ण सेवा दिने गरेको छ ।

अहिले नेपालमै पहिलोपटक अफुरो (हट स्प्रिङ वाटर) तातो पानीको कुण्ड सुरु गरेको छ । यसबाट ब्याक पेन, जेइन्ट पेन, सुगर, पुरिक एसिड, प्रेसर, वैट लस, मस्कुलर पेनजस्ता रोगको ग्यारेन्टीका साथ उपचार गर्दै आएको छ ।

बजारमा स्पाका नाममा आएका सबै स्पा होइनन्, कतिपय विकृति पनि छन् । “त्यसकारण रियल थेरापी एण्ड ब्यटी प्वाइन्टसँग तुलना गर्ने स्पा अरु छैन,” व्यवसायी शर्माको दाबी छ ।  real

 

स्पाको अमेरिका, क्यानाडा, स्पेनलगायतका देश हुँदै एसियाका थाइल्याण्ड, चीन, इन्डोनेसियामा विकास भएको पाइन्छ । पर्यटन क्षेत्रमा मात्र नभएर कामकाजी सहरिया व्यस्त जीवनशैलीका कारण स्पाप्रतिको आकषर्ण बढ्दो छ । स्पा व्यवसाय आज उद्योगकै रुपमा विकसित भइसकेको छ । राजधानी बाहिर पर्यटक स्तरीय तारे होटलहरुमा स्पा व्यवसाय क्रमशः विस्तार हुँदै गएको छ । एकीन विवरण नभए पनि ठमेल क्षेत्रमा करिब डेढ दर्जन स्पा र करिब ६० वटा मसाज केन्द्रहरु सञ्चालनमा रहेको बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१