बाँझोपनबाट बच्न पुरुषले खानैपर्ने कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ११:३८

Menविवाह भन्दा पहिले धेरै पुरुषहरु आफ्नो भविष्यको जिवनका विषयलाई लिएर निकै चिन्तित रहन्छन् । उनीहरुको त्यो चिन्ता केवल आर्थिक विषयमा मात्र होइन शारीरिक पनि हुन्छ । यौन तथा प्रजनन सम्बन्धी विषयलाई लिएर पनि पुरुषहरु गहिरो चिन्ता तथा उत्सुकतामा हुन्छन् ।

पार्टनरसँगको यौन सम्बन्ध कस्तो रहला रु यौन जिवनमा पर्याप्त सन्तुष्टि होला नहोला रु सन्तान लाभमा कतै असफल पो भइने हो की रु आदि आदि । तनाव, व्यस्त दैनिकी तथा खराब जिवनशैलीका कारण अक्सर उनीहरुको दिमागमा यस्ता कुराहरु खेलिरहेका हुन्छन् । तर मित्रहरु धेरै सोँच्न तथा आत्तिन जरुरी छैन, केवल आफ्नो दैनिक जिवन तथा वानी व्यवहारमा, खासगरी खानपानमा सन्तुलन ल्याउन सक्ने हो भने यो तनाव तथा खतरालाई दूर गर्न सकिन्छ । आफ्नो दैनिक भोजनमा यी कुराहरु सामेल गर्नुभयो भने प्रजनन सम्बन्धी समस्या, खासगरी बाँझोपनाको खतरा रहनेछैन स्

पानी :

हाम्रो प्राण धान्नका लागि मात्र होइन, जिउलाई स्वस्थ तथा निरोगी राख्नका लागि समेत पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । पानीले सरीरका विषाक्त चिजहरुलाई बाहिर निकाल्छ । जति धेरै पानी पिउनुहुन्छ शुक्रकिटको संख्या तथा गुणस्तर उति नै बढि रहन्छ ।

लसुन :

लसुनमा पाइने एलिसन तत्वले सरीरमा रक्तप्रवाहलाई सन्तुलित गर्नुका साथै यौनांगमा समेत पर्याप्त रक्तप्रवाह कायम गर्दछ । यसले सेक्स हर्मोनलाई नियन्त्रण गर्नमा पनि सहयोग गर्दछ । लसुनमा भिटामिन बी सिक्स तथा सेलेनियम तत्व पाइन्छ जसले शुक्रकिटलाई स्वस्थ बनाउन सहयोग गर्छ ।

अण्डा :

अण्डामा भिटामिन इ लगायतका विभिन्न पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ । भिटामिन इ ले पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्नुका साथै शुक्रकिटको क्वालिटी बढाउन मद्धत गर्दछ । साथै यसमा पाइने एन्टीअक्सिडेन्ट तत्वले यौनांगका कोषिकाहरुलाई सक्रिय बनाइराख्दछ ।

केरा :

ब्रोमलेन नामक इन्जाइम केरामा पाइन्छ, जसले सेक्स हर्मोन नियन्त्रण गर्ने काम गर्दछ । साथै केरामा पाइने भिटामिन ए, बी वान लगायतका तत्वले शुक्रकिटको उत्पादन बढाउने तथा सेक्स पावर बढाउन सहयोग गर्छन् ।

पालुंगो :

फोलिक एसिडले भरिपूर्ण पालुंगोको नियमित सेवनले पुरुषमा शुक्रकिटको संख्या बढाउनुका साथै शुक्रकिटलाई स्वस्थ राख्न पनि सहयोग गर्दछ । साथै यसरी शुक्रकिटको गति पनि बढाउँदछ ।

फलफूल :

नियमित रुपमा फलफुलको सेवन सरीरको तन्दुरुस्ती तथा प्रजनन र यौन स्वास्थ्यका लागि पनि आवश्यक छ । एन्टी अक्सिडेन्ट तत्व तथा फोलिक एसिडले भरिपूर्ण फलफुलहरुको सेवनले शुक्रकिटको उत्पादन बढाउने तथा स्वस्थ राख्न सहयोग पूराउँछ । सुन्तला, स्ट्रबरी, मौसम, अनार, आँप जस्ता फलफूलको सेवनले पुरुषको प्रजनन क्षमतामा सुधार हुन्छ । अनार एन्टी अक्सिडेन्ट तत्वको भकारी नै हो । यो तत्वले शुक्रकिटलाई नोक्सान पूराउने मोलोन्डी एल्डीहाइड नामक पदार्थलाई कम गरिदिन्छ ।

ओखर :

ओखर पनि एन्टीअक्सिडेन्ट तत्वको राम्रो श्रोत हो । यसमा ओमेगा थ्री फ्याट्टी एसिड पनि हुन्छ । त्यसैले ओखरको नियमित सेवनले शुक्रकिटको संख्या बढाउने तथा यौनांगमा रक्तप्रवाहलाई बढावा दिने काम गर्छ ।

उल्लेखित खानेकुराका अलावा कसिलो अन्तरवस्त्र नलगाउने, पर्याप्त मात्रामा सुत्ने, नियमित व्यायाम तथा योगा गर्ने र तनावबाट टाढै रहने गर्नाले पुरुषको प्रजनन क्षमता अब्बल बन्नेछ र यौन जिवनलाई खुसी तथा सुखी बनाउन सकिन्छ ।

onlinekhabar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१