यि मानिस जो जिब्रोले पेन्टिङ गर्छन् | जिब्रो ३.९७ इन्च लामो ( भिडियो हेर्नुस )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ११:३०

काठमाण्डौं । संसारकै लामो जिब्रो भएको मानिने निक स्टोयबर्लले जिब्रोलाई पेन्टिङ बनाउन प्रयोग गर्न थालेका छन् । जिब्रोले पेन्टिङ बनाउने उनलाई प्रसिद्ध चित्रकार पिकासोलाई सम्बोधन गरेकै शैलीमा बेलायती ब्लग हफिङ्टनपोस्टले ‘लिकासो’ भनी सम्बोधन गरेको छ । निकको जिब्रो ३।९७ इन्च लामो छ ।

यति लामो कीर्तिमानी जिब्रोलाई मानवताका निम्ति उपयोग गरिएन भने लामो जिब्रो हुनुको कुनै अर्थ नभएको महसुस आफूलाई भएपछि पेन्टिङ गर्न आफू तम्सिएको उनले बताएका छन् । ‘भगवान्ले दिएको यो वरदानलाई मैले प्रयोगमा ल्याउने निधो गरेँ,’ उनले भने ।

जिब्रोलाई पेन्ट ब्रस बनाई यसलाई रङमा चोपेर उनले क्यानभासमा चित्र कोर्ने गरेका छन् । यसरी उनले थुप्रै चित्र तयार पारिसकेका छन् । भारत गएको बेला जिब्रोको सहयोगले चित्र बनाउने एक व्यक्तिलाई भेटेपछि आफूले प्रेरणा हासिल गरेको उनले बताएका छन् । एजेन्सीको सहयोगमा

भिडियो हेर्नुस :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१