तर नेपालमा कलाकारिता गरेरै गाडी चढ्न धेरै गाह्रो छ । किनकि गाडीको चर्को मुल्य नेपाली कलाकारको आम्दानीसँग मेल खान सकेको छैन । नेपालमा कलाकारिता गरेरै विलासी जीवन जिउन सक्ने अवस्था अझै आइसकेको छैन । पछिल्लो समयमा चल्तीका नेपाली कलाकारका लागि गाडी सामान्य जस्तै बन्दै गएको छ । केहि कलाकारहरु बजारमा आएका गाडीहरु फेरी९फेरी चढ्न सक्ने समेत भएका छन् ।
नेपाली सिनेनगरीमा आफुलाई महानायका रुपमा स्थापित गराईसकेका नेपाली सिनेमाका चर्चित नायक राजेश हमालसँग २ वटा गाडी छन् । राजेशले ८ बर्षअघि किया कम्पनीको स्पोटेज गाडी २९ लाखमा किनेका छन् । राजेशलाई १७ बर्ष अघि उनको आमाले टोयटाको कोरोला गिफ्ट दिएकी थिइन् । राजेशलाई आमाले गिफ्ट दिएको कोरोला गाडीले केही बर्षअघि एक बच्चाको ज्यानसमेत लिएको थियो । पार्किङ गरिरहेको गाडीको मुनि छिरेका बालकलाई एक्सल खुस्किएर किच्दा उनको घटनास्थलमै ज्यान गएको थियो ।
नेपाली सिनेमामा विभिन्न कुरा र विभिन्न चर्चाको विचमा नेपाली सिनेमामा राम्रो नाम र दाम कमाउन सफल अहिलेकी चल्तिकी नायिका रेखा थापाले गाडीको प्रयोग गर्न थालेको लामै समय भैसकेको छ । रेखा आफ्नै कमाइले होन्डाइ कम्पनीको गेज नामक गाडी चढ्ने गरेको बताउँछिन् । ५ बर्षअघि रेखाले यो गाडी २२ लाखमा किनेकी थिइन । रेखा पछिल्लो समयमा कलाकारले आफ्नै कमाइबाट गाडी चढ्न सक्ने अबस्था भएको पनि बताउँछिन् । गाडीको प्रयोग गर्दै आएकी रेखा आजसम्म कुनै पनि दुर्घटनामा परेकी छैनन् ।
राम्रो अभिनय गर्ने नायकका रुपमा स्थापित नायक जीवन लुइटेलले फिएट नामक गाडी चढ्न थालेको १ बर्ष भैसकेको छ । उनले चढेको गाडी ३ महिनामै फेरेर जीवनले फिएट किनेका छन् । २५ लाख पर्ने यो गाडी जीवनले फाइनान्सबाट खरिद गरेका हुन् । कलाकारिता मात्र गरेर गाडी चढ्न सकिने अवस्था अझै नभएको भन्दै जीवनले आफ्नो कमाइको आधा हिस्सा मात्र गाडीमा लगानी गर्ने गरेको बताए । पैसा नै नकमाएको होइन, तर गाडी नै चढ्न सक्ने गरी कमाइएको छैन । आजसम्म जिवन कुनै पनि दुर्घटनामा नपरेको उनको भनाइ छ ।
नेपाली सिनेनगरीकी नायिका ऋचा घिमिरेले गाडी चढ्न थालेको पनि लामै समय भैसकेको छ । २१ लाखमा १ बर्ष अघि नयाँ गाडी किनेकाले पनि परिवर्तन गर्न मन नलागेको ऋचाको भनाइ छ । गाडी आफै चढाउँदा डर लाग्ने भउकाले आफु सम्पूर्ण तयारी गरेर मात्र गाडीमा बाहिर निस्कने बताइन । ऋचा पनि भगवानकै कृपाले आजसम्म कुनै दुर्घटनामा परेकी छैनन् ।
नायक आर्यन सिग्देल , भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, अर्जुन कार्की, धिरेन शाक्य, दिल श्रेष्ठ, दिलिप रायमाझी, रमित ढुंगाना, सविन श्रेष्ठले पनि गाडीको प्रयोग गर्दै आएका छन् । नायिका झरना थापा, अरुणिमा लम्साल, करिश्मा मानन्धर, जेनी कुँवर पनि गाडीमै आफ्नो यात्रा तय गर्छन् । यसरी नेपाली सिनेनगरीमा नै काम गरी गाडी चड्न समेत हैसियत बनाएका नायक तथा नायिकाहरुको बास्तविक कमाइले नै आज सम्म सिनेनगरीमा बाचिरहेका छन् ।
प्रतिक्रिया