हलीउड मोडल केईली भन्छिन्, ‘ओठको सर्जरी गरेकी छैन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ०७:१८

keiliहलीउड मोडल केइली जेन्नरको ओठमा एलर्जी भएको खबरसँगै उनले प्लास्टिक सर्जरी गरी ओठ मिलाएको भन्ने खबरले यति बेला राम्रै चर्चा पाएको छ ।

तर, उनले उक्त कुरा आफ्नो वेबसाइटमार्फत खण्डन गरेकी छिन् । १८ वर्षीया सुन्दरीले सर्जरी हल्लाको खण्डनमा भनेकी छन्, ‘खासमा कुरा के हो भने, म उमेरले बूढी हुँदै गएकाले शरीरमा १५ पाउन्डस् मासु बढेछ। त्यसले मेरो पूरा शरीरकै आकार बदलिदियो।’ केइलीले मोटी भएपछि नयाँ मेकअप आर्टिस्टलाई भर्ती गरेको र सुन्दर देखिने उसका आश्चर्यजनक मेकअप ट्रिक्सले आफू प्रभावित भएको बेवसाइटमा बताइएको छ । केइलीले आफूलाई प्लास्टिक सर्जरीको विरोधी नभएको बताए पनि आफ्नै लागि भने नगरेको जिकिर गरिन् ।

प्रतिक्रिया