काठमाडौँ, ८ असोज । मलेसियामा यही असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकपको छनोटका लागि नेपाल क्रिकेट सङ्घ क्यानले १४ खेलाडी र चार वैकल्पिक खेलाडीको छनोट गरेको छ ।
क्यानले छनोट गरेको खेलाडीमा राजु रिजाल ९कप्तान०, आरिफ शेख ९उपकप्तान०, दिपेन्द्र ऐरी, सौरभ खनाल, शङ्कर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ, राजवीर सिंह, कुशल भुर्तेल र ललितनारायण राजवंशी छन् ।
त्यस्तै चार वैकल्पिक खेलाडीमा कमल ऐरी, हिमांशु दत्त, आशिष धामी र सन्दिप लामिछाने छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा १८ टोलीको सहभागिता रहनेछ । जसमा १० बैंक, छ ‘कर्पोरेट हाउस’ तथा एक÷एक सञ्चारगृह र राजदूतावास रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खेल पाँच ओभरको हुनेछ भने एउटा टोलीमा छ खेलाडी हुनेछन् ।
‘लिग–कम–नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी टोलीमा आयोजक सेन्चुरी बैंक, सिभिल बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, नविल बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, आइसीएपफसी फाइनान्स्, भारतीय राजदूतावास, कान्तिपुर मिडिया ग्रुप, नेपाल टेलिकम, सिप्रदी टे«डिङ, गोर्खा ब्रुअरी, निम्बस् नेपाल, मोडेल ग्लोबल भिसा कन्सलटेन्सी र युनाइटेड स्प्रिट्स छन् ।
प्रतियोगिताको ‘ब्राण्ड एम्बेस्डर’ राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर सुवास खकुरेल हुनुहुन्छ । प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।
छात्रवृत्ति पाउने रौतहटका रुपेस दुई हजार २०० रेटिङ पार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले नेपालमा भएको एसियन जोनल थ्री प्वाइन्ट टुमा सबैभन्दा बढी स्कोर गर्ने नेपाली खेलाडी बने । उनी त्यसै प्रतियोगितामार्फत फिडे मास्टर पनि बन्न सफल भएका थिए ।
प्रतिक्रिया