राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) कार्यसमितिलाई निट-नेपालद्वारा स्वागत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७२, बिहीबार १९:४२

DSC07729 काठमाडौँ, ७ असोज । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले अनलाइन पत्रकारहरुलाई स्वागत गरेको छ । निट–नेपालले राष्ट्रिय अनलाईन पत्रकार सङ्घलाई गरेको स्वागत कार्यक्रमका सहभागी वक्ताहरुले पछिल्लो समय अनलाईन पत्रकारिताको लोकप्रियतासँगै यसमा देखिएको बिकृतिको अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको खाँचो औंल्याए । साथै भूकम्पपछिको पर्यटनलाई अन्तराष्ट्रि जगतमा चाडो र सहजरुपमा सकारात्मक सन्देश प्रवाह गर्न प्रभावकारी माध्यम भएकाले यसको पर्यटन व्यवसायीले भरपुर उपयोग गर्नसकेको खण्डमा पर्यटन प्रवर्द्धन हुनेमा उनीहरुको विश्वास छ ।DSC07750

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को कार्यसमितिलाई निट–नेपालको कार्यलयमा स्वागत गर्दै निट–नेपालका अध्यक्ष दीपक महतले अनलाइन पत्रकारिता अहिलेको अपरिहार्य आवश्यकता भएकोले यसलाई  प्रभावकारी सञ्चारमाध्यमको रुपमा अनलाईन पत्रकारितालाई गुणस्तीय र व्यवसायिक बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइन पत्रकारितालाई नीतिगत एवं व्यवहारिक पक्षबाट सबल बनाउनका निम्ति नोजाले भूमिका खेल्नुपर्ने भन्दै त्यसमा सहयोग र सहकार्यको लागि आफुहरु तयार रहेकोसमेत बताउनुभयो ।DSC07738

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले अनलाईन पत्रकारिताको प्रभावकारितालाई पर्यटन प्रवद्र्धनसँग जोडेर सन्देश प्रवाह गरिनुपर्ने बताउनुभयो ।
उहाँले नजिकिएको टान निर्वाचनलाई स्वच्छ र प्रतिस्पर्धी ढङ्गबाट लैजानका लागि पहल भइरहेको जानकारी दिनुभयो ।DSC07741

राष्ट्रिय अनलाईन पत्रकार सङ्घका अध्यक्ष मुकुन्द ढुङ्गानाले ताजा सूचना तथा जानकारी जनतामा चाँडो पु¥याउने लोकप्रिय अनलाईन पत्रकारितालाई व्यवस्थित र सङ्गठित गर्दै व्यवसायिक ढङ्गले अघि बढान लागि परेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पर्यटन पत्रकारहरुले मुलुकको पर्यटनलाई सञ्चारको माध्यमबाट कसरी प्रवद्र्धन विकास गर्नसकिन्छ भन्नेबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा टानका अध्यक्ष रमेश धमला, बरिष्ठ उपाध्यक्ष केशब पाण्डे ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण कार्की तथा निट नेपालको पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको नेतृत्वमा अनलाइन पत्रकारहरुको जम्बो टोली त्यहाँ पुगेको थियो ।12048689_10153063951486046_668800165_n

 

प्रतिक्रिया