यसैहप्ता पृथ्वी ध्वस्त हुने दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७२, बिहीबार ०९:३३

नासा भन्छ,‘सय वर्षसम्म पृथ्वी ध्वस्त हुने कुनै सम्भावना छैन’

एजेन्सी । इसाइ धर्मप्रति विश्वास राख्नेहरुको पवित्र धार्मिकगन्थ बाइबलमा उल्लेख भएको दाबी गरिएको जस्तो यो महिना अर्थात् ग्रेगेरियन क्यालेन्डरको सेप्टेम्बरमा मानव सभ्यताको अन्त्य हुन्छ त र? उक्त विवादास्पद सिद्धान्तले पृथ्वीको विध्वंश नजिकिसकेको संकेत गरेको छ । प्रलयको दिन भनिने उक्त भनाइले सेप्टेम्बर को २२ देखि २८ को बीचमा पृथ्वीसँग एउटा भीमकाय आकाशीय पिण्ड ठोक्किने र सबै ध्वस्त हुने दाबी गरिएको छ ।

तर, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी सय वर्षसम्म पृथ्वीलाई ध्वस्त पार्ने खालका कुनै आकासीय पिण्ड वा छुद्र ग्रह नभएको प्रस्ट पारेको छ ।

उत्तः कस्पिरेसी थ्यौरीले ३ मभहिना अगाडि मात्रै सेप्टेम्बरमा मानव सभ्यता ध्वस्त हुने भविष्यवाणी गरेको हो । आफूलाई गैगम्बर दाबी गर्दै आइरहेको रेव इफ्रेन राडिङग्वेजनामक १ जना व्यक्तिले सबैभन्दा पहिलो यो विनाशकारी प्रलयको दाबी गरेका थिए । उनले एउटा आकाशीय पिण्ड क्यारेवियनसागरस्थित प्युर्टो रिको टापुमा खस्ने र यसले पृथ्वीमा शक्तिशाली भूकम्प आउने र सबै विनाश हुने बताएका थिए । अन्य बाइबल समर्थकहरुले पनि यो घटनाको भविष्यवाणीलाई मान्यता दिएका छन् ।
यद्यपि वैज्ञानिकहरुले यो चेतावनीलाई अस्वीकार गरिसकेका छैनन् । उनीहरुले पछिल्ला अध्ययनमा कुनै पनि आकासीय पिण्ड पृथ्वीका लागि खतरा नदेखिएको जनाएका छन् । केही स–साना उल्कापिण्डहरु आए पनि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर भष्म हुने उनीहरुले बताए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीलाई खतरा हुने आकाशीय पिण्ड पत्ता लगाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

उक्त नयाँ भविष्यवाणीलाई लिएर नासाका प्रवक्ताले भने,‘हाललाई कुनै पनि आकासीय पिण्ड पृथ्वीसँग नठोक्किने नासालाई थाहा छ । यस प्रकारको घटनाको आशंका अत्यन्त न्यून छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१