राजधानीमा चार जनालाई स्वाइन फ्लु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७२, बिहीबार ०९:२६

काठमाडौं ७ असोज । उपत्यकामा चार जनामा स्वाइन फ्लुको संक्रमण पाइएको छ। एक सातायता परीक्षण गरिएका मध्ये चार जनामा स्वाइन फ्लुको लक्षण देखिएको शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ।

स्वाइन फ्लु संक्रमित सबै काठमाडौं उपत्यका भक्तपुर बालकोट, मातातीर्थका भएको अस्पतालले जनाएको छ। संक्रमितमध्ये कोही पनि विदेशबाट नआएकोले स्वाइन फ्लु काठमाडौंमा फैलेको आशंका अस्पतालका अनुसन्धान विभागका प्रमुख डा। शेरबहादुर पुनले गरे। ‘यसको भाइरस जाडो सुरु हुने र सकिने बेला सक्रिय हुने भएकाले राजभानीमा फ्लु देखिन्छ,’ उनले भने। अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी ज्वरो आउने, रुघा लाग्ने खोकी लाग्नेजस्ता फ्लुका लषणसहित आउने गरेका छन्, आजको नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१