मुलुकमा बलियो प्रतिपक्षको आबस्यकता: अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७२, बुधबार ०७:२७

IMG_8662काठमाडौँ ,६ भाद्र। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपालको कलिलो गणतन्त्रको सस्थागत गर्न र लोकतन्त्रको विकास गर्न मुलुकमा बलियो प्रतिपक्षको खाँचो रहेको बताउनु  भयको छ । सयुक्त राष्ट्र संघको अन्तरास्ट्रिय शान्ति दिबसको अबसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भयको हो  । अध्यक्ष ढकालले शान्तिको लागि साझेदारी आबस्यक रहेपनि लोकतन्त्रको लागि खबरदारी चाहिन्छ भन्दै मुलुक प्रतिपक्ष बिहिन हुने खतरा बढेको बताउनु भयो  । सांसद समेत रहेका ढकालले नया संबिधान बनेपछि असन्तुस्ट र आन्दोलनमा रहेका  दलहरुलाई  सहमतिमा ल्याउन सार्थक पहल गर्नुको साटो आगामी सरकार र शक्ति बाडफाडमा प्रमुख राजनैतिक दलहरु बढी केन्द्रित रहेको बताउदै   अब प्रति पक्षमा  बस्ने दरिलो राजनैतिक दल पाउन मुस्किल हुने शंका गर्नु भयो । अध्यक्ष ढकालले मुलुकमा नया लोकतान्त्रिक संबिधान बनि सकेकोले अब फेरी सहमतिको नाममा भागबन्डाको राजनीति गरेर मुलुकलाई कमजोर बनाउन हुन्न भन्दै आर्थिक मुद्धामा केन्द्रित हुन दलहरुलाई आग्रह गर्नु भयो  । पूर्व मन्त्रि समेत रहेका ढकालले तराई मधेश र थरुहट लगायतको आन्दोलनको  निकास  निकालेर मात्र प्रधानमन्त्रि विदेश  भ्रमणमा जानु उपयुक्त हुने बताउनु भयो । भूकम्पको कारणले खुट्टा गुमायर आपंग  भयका दैलेखका रमेश खत्री र मकवानपुरकी प्रिया बिश्वकर्मालाइ सहयोग स्वरुप युनिभर्सल पिस फेडेरेसनले उपलब्ध गरायको जनही दस – दस हजार रुपैया  पनि अध्यक्ष ढकालले हस्तान्तरण गर्नु भयो ।IMG_8642

प्रतिक्रिया