अमेरिकी सिंगर कैटी पेरीले जति ख्याल आफ्नो स्किनलाई गर्छिन त्यति नै ख्याल उनले आफ्नो दाँतलाई पनि गर्ने गरेकी छिन् । ३० बर्षिय पेरीले आफ्नो दाँतमा क्याविटीन नहोस् भन्नका लागि दिनमा ६ पटकसम्म ब्रस गर्ने गरेको बताएकी छिन् ।
उनले भनिन्, ‘सुरु सुरुमा ६ पटकसम्म ब्रस गर्न गाह्रो लाग्थ्यो अहिले बानी परिसकेको छ । अहिले प्रत्येक दिन ६ पटकसम्म दाँत ब्रस गर्ने गर्छु ।’ उनले अगाडी थपिन (‘म घरमा हुँदा ६ पटकसम्म ब्रस गर्ने गर्छु र घरबाट बाहिर जानु परे ६ पटकभन्दा पनि धेरैपटक मैले ब्रस गर्ने गरेको छु ।’ यतिसम्मकी उनी कुनै टूरमा जानु परे २० वटासम्म टूथब्रस बोक्ने गर्छिन् । २००८ मा एकल गीत ‘आय किस्ड अ गर्ल’ बोलको गीत बजारमा आएपछि चर्चामा रहेकी पेरीले अहिलेसम्म सयौ गीतहरु गाइसकेकी छिन् ।
प्रतिक्रिया