काठमाडौँ । केन्द्रीय र पूर्वाञ्चल हुँदै अब राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) मध्य तथा पश्चिम नेपालतिर लम्किएको छ । ट्रेकिंग एजेन्टस् एशोसिएसन अफ नेपाल (टान)को असोज १५ गते (२ अक्टोबर) मा हुन गइरहेको निर्वाचन तयारीका लागि व्यापक छलफल गरी चुनावी योजना बनाउन ट्रेकिंग कम्पनीसम्वद्ध निटका मध्य तथा पश्चिम नेपालका सदस्यहरुको बृहद भेला हुँदैछ । गोकर्ण हाउस रेस्टुरेन्ट, पकनाजोलमा असोज ७ गते दिउँसो २ बजे निटको भव्य भेलाको तीव्र प्रतीक्षा सुरु भइसकेको राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) का अध्यक्ष दिपक महतले जानकारी दिएका छन् ।
प्रतिक्रिया