काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।
नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई आह्वान गरिएको ट्विटरमा ह्यासट्याग #BackOffIndia मध्यान्नसम्ममा वर्ल्डवाइड ट्रेन्डिङमा सातौं स्थानमा आएको छ। नेपालका ट्विटर प्रयोगकर्तासँगै उल्लेख्य पाकिस्तानीहरूले पनि ट्विटरमा यो ह्यासट्याग उतारेर समर्थन जनाएका छन्।
प्रतिक्रिया