भूकम्पले भत्केको घर पन्छाउँदा ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार ०८:०३

imagesनुवाकोट,५ असोज । नुवाकोटको गाउँखर्कमा भूकम्पले भत्काएको घर पन्छाउने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

गाउँखर्क – ७ गोल्जाङमा १२ बैशाखको भूकम्पले भत्काएको आफ्नै घर सोमबार पन्छाउने क्रममा च्यापिएर ३० वर्षका सन्तमान तामाङको ज्यान गएको स्थानीय शिक्षक रञ्जित थापाले जानकारी दिनुभयो ।
घर भत्किँदा गम्भीर घाइते भएका सन्तवीरको राउतवेशी स्वास्थ्य केन्द्रमा उपचार गर्न ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । घर भत्किँदा त्यहिँ ठाउँका सुकुवीर तामाङ गम्भीर घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २८, २०८१