‘देशको स्वभिमानसँग सम्झौता गर्दैनौं’ (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार ०६:१२

काठमाडौं,५ असोज  । प्रमुख दलका प्रमुख नेताले नयाँ संविधानको स्वागत गर्न सोमवार सैनिकमंच स्थित टुँटिखेलमा सरकारले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनीहरुले देशका स्वाभिमान जोगाएर मात्र छिमेकीसँग मित्रता कायम राख्ने बताए । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शुशिल कोइरालाले संविधान जारी गर्न देखाएको सदासहेयता र सहयोग प्रति राष्ट्रपतिलाई धन्यावा दिए । संविधान निर्मानमा सहयोग गरेको भन्दै प्रेस, नागरिक, समाज, सर्वसाधरण, अन्तराष्ट्रिय एवं छिमेकी मुलुकलाई समेत धन्यावद दिए । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न सबैले देखाएको एकता प्रति धन्यावद दिँदै नेपालीहरु स्वाभिमानी भएकाले नेताहरुले त्यसलाई जोगाएर सबैसँगै मित्रता कायम गर्ने बताए । ‘हामी स्वभिमानी नेताहरु हाम्रो स्वभिमान कायम राखेर सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं’,   हामी रहुँला कहाँ नेपाललै नरहे भन्ने माधवप्रसाद घिमिरे र एक युगमा एक दिन एक चोटी आउँछ भन्ने कवि गोपालप्रसाद रिमालको कविता स्मरण गर्दै सम्बोधन सुरु गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,‘प्रचण्ड’ले हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्र सम्मान पाउँने टिप्पनी गरे ।  तर, जे भन्यो त्यही मान्ने ‘एस म्यान’ हुन चाहन्नौं ।’

 

 

 

 

प्रतिपक्षी दलको नेताको भूमिकाम रहेका प्रचण्डले जनुसुकै भूभाग र जातको भए पनि यो सबैको जित भएको भन्दै यसलाई सबैले खुसीयालीका साथमा लिएर कार्यान्वयनमा जुट्नुपर्ने बताए ।

भिडियो हेर्नुस

 
https://youtu.be/8gkxmFHYnhs

प्रतिक्रिया