काठमाण्डौ,४ असोज । करिव १० बर्ष पस्चात हामीले खोजेको संविधान प्राप्त गरेका छौ । तराईका बहुसंख्यक जनताको असन्तुस्टीका वाबजुद असोज ३गते जारी भएको संविधानले महान् जनआन्दोलन २०६२/६३को जनादेश अनुसार अधिकतम् मागहरुलाई सम्बोधन गरेको हुनाले यो संविधान जारी हुनु आँफैमा एउटा महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । अतस् यस संविधानले सम्बोधन गर्न नसकेका बिषयहरुलाई आगामी दिनमा सम्बोधन गर्ने आशाका साथ देशले संविधान पाएको खुशीयालिमा आज मिती २०७२,असोज,४ गतेका दिन, नयाँबानेश्वर (ट्रलीबस नजिकै) साँझ ६ बजे : दिप प्रज्वलनु कार्यक्रम राखिएको हुँदा यहाँको उपस्थितीको लागि हार्दिक बिनम्र अनुरोध गर्दछौं ।
कार्यक्रम:
(जातिय भेसभुशा सहित रास्ट्रिय गीतर संगित प्रस्तुती
(सभासदहरुलाई धन्यवाद स्वरुप ६०१ वटा मैनबत्ती प्रज्वलन
(शुभकामना तथा बधाई आधान प्रदान
आयोजक
हाम्रो फ्रेण्डशिप फोरम नेपाल
न्युज अभियान डट कम
प्रतिक्रिया