काठमाडौँ । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल)ले संविधान खुशीयालीमा असोज ३ गते साँझ ठमेलको संचयकोष भवनअगाडि दीपावली गरेको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) को अध्यक्ष दिपक महतले दिपावलीको अबसरमा बोल्दै संवैधानिक रुपले मुलुक जनयुगमा प्रवेश गरेको यो क्षणमा हामीले जनता आफैले बनाएको नयाँ संविधान पाएका छौं । यो सुनौलो समयमा आम जनतासँगै राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) खुशीमात्र होइन, पर्यटन क्षेत्रलाई नयाँ उचाइमा लैजान झन् उत्साहित पनि भएको छ । तर, शब्दभन्दा संस्कार र अक्षरभन्दा अभ्यास महत्वपूर्ण हो । अब राष्ट्रका सबै पक्ष यस दिशामा समान उत्साह, जागरुकता र कर्तव्यचेतनासहित अगाडि बढ्न जरुरी छ । संविधानसभाबाट बनेको संविधानपछिको जनअपेक्षा भनेको राजनीतिक स्थायित्व र आर्थिक क्रान्ति हो । त्यसका लागि आगामी दिन झन् चुनौतीपूर्ण हुनेछन् । ती चुनौतीलाई सम्बोधन गर्न दुरदृष्टि र संयमता अझ बढी आवश्यक छ । महतले पर्यटन क्षेत्रलाईमाथि उठ्नको लागि समग्र पर्यटन क्षेत्रको तर्फबाट हामी यो तथ्यलाई मनन गर्दै शान्ति, स्थिरता र विकासको बाटोमा मलुकलाई अगाडि लैजान हाम्रो क्षेत्रबाट इमान्दार प्रयत्न गर्नेछौं । बास्तविक रुपमा हामी जनता सार्वभौम भएको अनुभुति गर्दै सबै नेपाली जनता बधाइको पात्र भएको यो बेला चरम हार्दिकतासहित दीपावली गर्दै हामी खुशीयाली लिएका हौ ।
कार्यक्रममा सबै पर्यटन व्यवसायीहरु एक भएर खुसि साटासाट गरेर दिपावली मनाएका थिए ।
प्रतिक्रिया