उमेर घट्ने ६ कारणहरु जानी राखौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७२, सोमबार ०७:५२

agingमहाभारतमा कुनै समय दुर्योधनको पिता धृतराष्ट्रले बिदुरलाइ सोधेका थिए की जब भगवानले सबै मानिसका उमेर १०० वर्ष बनाएका थिए त कोही चाडै र कोही ढिलो किन मरेकारु यी प्रश्नको जवाफमा बिदुरले ६ यस्तो कुरा बताए जसले मानिसको उमेर कम हुन जान्छ। के के हुन यि ६ कुराहरु‘

अत्याधिक अहंकार

बिदुरले धृतराष्ट्रलाइ भनेका थिएकी कोही अत्यन्त अहंकारी हुन्छ भने निश्चित छ की त्यो व्यक्ति अधिक वर्षसम्म जीवित रहन सक्दैन। अहंकारले व्यक्तिको पुण्य खतम हुन्छ र शारीरिक रुपमा पनि कमजोर हुदै जाने हुन्छ। व्यक्तिले अहंकारको बेलामा राम्रो नराम्रो छुट्याउन नसक्ने हुन्छ।

धेरै बोल्ने

जो व्यक्ति व्यर्थमा बोलिरहन्छ, बकवास गरिरहन्छ, मौन धारण गर्न सक्दैन, उसको मृत्यु पनि छिटै हुन जान्छ। धेरै बोल्नाले शरिरलाइ स्वस्थ राख्ने शारीरिक उर्जाको क्षय हुन्छ। यदि समय(समय मा मौन धारण गरिन्छ भने उमेर पनि बढ्न सक्छ। अन्यथा अधिक बोल्ने व्यक्तिहरु शारीरिक उर्जाको कमीको कारण धेरै लामो समय सम्म जीवित हुन सक्दैनन्।

अत्याधिक क्रोध

हामी सबैलाइ थाह भएकै कुरा हो की क्रोध मानिसको सबैभन्दा ठुलो शत्रु हो। क्रोधकै कारण हामी गलतकाम गरिदिन्छौं जसले भविष्यमा हानी पुगिरहेको हुन्छ। क्रोधकै कारण हाम्रो शारीरिक उर्जा पनि धेरै मात्रामा खतम भइरहेको हुन्छ। जसले गर्दा व्यक्तिको उमरेमा कमी आइरहेको हुन्छ। अत्याधिक क्रोध गर्ने व्यक्तिहरु कम उमेरमै रोगी हुन पुग्छन।

लोभ

जो व्यक्ति भौतिक सुख(सुविधाको मोह राख्छन, शारीरिक श्रम गर्दैनन, आफ्नो शरिरलाइ अल्छि बनाउछन, ती व्यक्तिहरु कम उमेरमै रोगी भइ कम उमेर मै मृत्युको मुखमा पुग्दछन्। प्रत्येक दिनको उचित शारीरिक श्रमले शरिरलाइ स्वस्थ राख्दछ। सुख(सुविधाको लोभ छोडेर आफ्नो शरिरलाइ स्वस्थ राख्न नियमित शारिरिक श्रम गर्ने गरौं।

मित्रहरुलाइ धोका

जो व्यक्तिहरुले घनिष्ट मित्रहरुलाइ धोका दिन्छन्, भविष्यमा आइपर्ने भयंकर कठिनाइको समयमा मद्धत गर्ने कोही नहुने हुन्छ। जो व्यक्तिले एक पटक मात्र किन धोका नदिओस्, त्यो व्यक्ति प्रति मानिसहरले विश्वास कम गर्दछन्। सामाजिक प्राणी भएको नाताले मानिसहरुको सहयोग नपाइदा विभिन्न कष्टहरु एक्लैलाइ पर्ने हुन्छ, फलस्वरुप उमेरमा पनि प्रतक्ष असर पर्दछ।

स्वार्थी हुनु

जो व्यक्ति स्वार्थी हुन्छन्, केवल आफ्नो स्वार्थ पुर्तिको लागि मात्र कर्म गर्दछन्, ती व्यक्ति पनि लामो समयसम्म जीवित हुन सक्दैनन्। यस्ता व्यक्तिहरलाइ कालान्तरमा मानसिक रोगले गाँज्ने हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१