निट नेपालको टान निर्वाचन विशेष भेला भव्यताका साथ सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७२, आईतवार ०७:३३

neat-nepal-programकाठमाडौँ ।  प्रजातन्त्रमा आस्था राख्ने पर्यटन व्यवसायी बीचको एउटा बृहद् अन्तरक्रिया तथा टान निर्वाचन प्रकृयाको तयारीलाई अगाडि बढाउने रणनीति तयार गर्ने उद्धेश्यले राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट—नेपाल)को आयोजनामा काठमाण्डौको ठमेल, गोकर्ण हाउस रेष्टुरेन्टमा विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी पर्यटन विभाग प्रमुख किसोरसिंह राठौरको प्रमुख आथित्य र निट नेपालका अध्यक्ष दीपक महतको सभापतित्वमा उक्त कार्यक्रम संचालन भएको थियो । 12039630_1625538857726488_976243059819473733_nनिट नेपालका उपध्याक्ष केशव पाण्डेले कार्यक्रमका सहभागी तथा अतिथिलाई स्वागत गर्नुभएको थियो । भने कार्यक्रमको संचालन हाल टानका द्धितीय उपाध्यक्ष तथा निट नेपालका सचिव कुल बहादुर गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा प्रजातान्त्रिक धारका सम्पूर्ण व्यवसायीहरु टान निर्वाचनको तयारीमा आजैबाट जुट्न आग्रह गर्नुहुँदै प्रजातान्त्रिक आस्थावान व्यवसायीहरुको व्यक्तित्वमाथि नै भ्रष्टचारको आरोप लगाएर आफु पानी माथिको ओभानु रहन खोज्ने वर्ग तथा क्षेत्रहरुसंग व्यवसायीहरु सचेत हुन आग्रह गर्नुहुने अध्यक्ष दीपक महतले निर्वाचन सम्बन्धी उपसमितिहरुको घोषणा तथा विशेष रणनीतिहरु समेत सार्वजानिक गर्नुभएको थियो । त्यस्तै टानका निवर्तमान अध्यक्ष रमेश धमलाले कार्यक्रमा बोल्नुहुदै टानले विभिन्न कठिनाई र संघर्षका बावजुद पनि विगतको दुई बर्षको कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सफल भएको जानकारी गराउनुभयो । टानले मजदुरहरुको हकहितका विभिन्न कार्यहरु लागु गर्न सफल भएको पर्यटन व्यवसायी मजदुरको लागि १० लाख सम्मको जीवन विमा शुरक्षित गर्न सफल भएको । पर्यटन व्यवसायीका समग्र हितको लागि पोर्टर गाईडको लाइसेन्स स्थापना गर्न सफल भएको टिम्स कार्ड अनिवार्यरुपले लागु गर्न सफलभएको, मजदुर कल्याणकारी कोषको स्थापना गर्न सफल भएको, पर्यटन बोर्डको अनियमिततको विरुद्धमा खुलेरै आन्दोलनमा सामेल भई भ्रष्टचारीलाई नियन्त्रण गर्न सफल भएको , १९ महिना देखि टानको लागि आउने बजेट निकासा नभए पनि टानको मासिक १३ लाख रकम कार्यसमितिकै सक्रियतामा व्यवस्थापन गर्न सफलभएको कुरा स्पस्ठ गर्नुहुदै धमलाले हालसम्म प्राप्त उपलब्धीलाई अझ ससक्त ढंगले संस्थागत गर्न प्रजातान्त्रिक व्यवसायी साथीहरुले नेतृत्व लिनुपर्ने कुरालाई विशेष जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि किशोरसिंह राठौरले पर्यटनको विकासका लागि नेपाली कांग्रेस भित्र अव चाँडैनै पर्यटन विकासका विशेष कार्यक्रमहरु तयार पारिने जानकारी गराउँनुभयो । टानमा नेतृत्व लिने नेतृत्वले समय र शक्ति दुवै लगाउने सोचका साथ निर्वाचनमा भागलिन अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा सभापतिद्धारा दुई दर्जन भन्दा बढी पर्यटन व्यवसायीलाई निट नेपालको संस्थागत सदस्यकोरुपमा आवद्ध गर्दै खादा र अविरले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा सन्तोष गुरुग , सन्तमान तामांग , रामशरण थपलिया ,केशव पाण्डे, निमा शेर्पा ,देवेन्द्र वाग्ले, राजेन्द्र सुवेदी, निलहरी बाँस्तोला, लीलाबल्लव दहाल, अच्युत गुरगाई, खुम सुबदी, राकेश धमला, राजेन्द्र भट्ट, पासागं शेर्षा, कमला गुरुगं, बिद्या हिराचन, प्रकाश अर्याल, बलबहादुर सामरी , नकुल देवकोटा, इश्वर थपलिया, बलराम न्योपाने, हरिराम बराल, दीपक रोक्का, नरेन्द्र भट्ट, डी. वी. लिम्बु लगायतका सफल पर्यटन व्यवसायी तथा नेतृत्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१