मोडल तथा रियलिटी स्टार काइली जेनर हालै न्यूयोर्कको स्पोर्टमा फरक लुक्समा देखिएकी छिन् । यस पटक काइली को लुक्स् देखेर उनका फ्यानहरु नै अचम्ममा परेका छन् ।
उनको ग्रीन हेयर देखेर झन आश्चर्य नपर्ने सायद कमै थिए होलान् । उनी न्यूयोर्कमा आफ्नो व्याईफ्रेण्ड रैपर टियागाको साथमा देखिएकी थिइन् । उनले ब्लाक कलरको ह्याट लगाएकी थिइन् । यसै बेला उनका फ्यानहरुले उनका दर्जनौ फोटोहरु लिएका थिए । खबरका अनुसार उनी न्यूयोर्कमा एक फेशन वीकमा सहभागी हुन उपस्थित भएकी थिइन् । सानै उमेरमा राम्रो प्रगती गरेकी काइली केहि बर्षदेखी रैपरको प्रेम सम्बन्धमा छिन् ।
प्रतिक्रिया