काठमाडौं । बैशाख १२ को महाविनाशकारी भूकम्पका कारण पर्यटकीय केन्द्र ठमेल सुरक्षित रहेको र आफूहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार ठमेलमा आयोजना गरेको ‘भूकम्पपछिको ठमेल’ विषयक अन्तक्रियामा बोल्दै व्यवसायीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव दीनेश कुमार थपलियाले योजनाबद्ध कार्यक्रम ल्याउन पर्यटकीय संघसंस्था र व्यवसायीहरुलाई अपिल गरे । निजी क्षेत्रले आफैँभित्रको आन्तरिक द्वन्द्वलाई समाधान गरेर अगाडि बढनुपर्ने थपलियाको भनार्ई थियो । ‘विकासको काममा मन्त्रालयबाट बजेट विनियोजनमा अवरोध हुदैँन ।’ उनले पर्यटकीय केन्द्र ठमेलको विकासका सरकार सहयोग गर्न मन्त्रालय तयार रहेको विश्वास समेत दिलाए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन बोर्डले विभिन्न समस्यका कारण चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै यो वर्ष ठमेलको विकासका लागि सक्दो प्रयास गर्ने बताए । ठमेलको पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ठमेल महोत्सवको आवश्यकता समेत रहेको सापकोटाले बताए । त्यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी जयबहादुर चन्दले ठमेललगायत पर्यटकीय क्षेत्रहरुको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनका लागि काम भैरहेको जानकारी दिदै ठमेललाई २४ सै घण्टा सञ्चालन गर्नु अत्यन्तै जरुरी भएपनि विविध कारणबस सो गर्न नसकिए जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेलको विकासका लागि आफूले ल्याएका योजना र भएका पहलहरुको बारेमा चर्चा गर्दै आगामी दिनमा यसको बृहत्तर विकासका लागि परिषद् लागीपर्ने दावी गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट–नेपाल) का अध्यक्ष दीपक महतले व्यवसायीहरु राजनीतिक रुपले नभई पेसागत ढंगबाट अगाडि बढनुपर्ने भन्दै सार्वजनिक –निजी सहकार्यबाटमात्र मुलुकको पर्यटन विकास सम्भव रहेको धारणा व्यक्त गर्दै भूकम्पले ठमेलमा अत्यन्तै न्यून असर पारेको भन्दै सोको यथार्थ सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुपर्ने बताए।
कार्यक्रममा भूकम्पपछि पनि ठमेल सुरक्षित रहेको सन्देशस्वरुप १५ मिनेटको स्लाईड सो समेत प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया