फिफा महासचिव निलम्बित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७२, शनिबार ०९:३४

एजेन्सी ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले महासचिव जेरोमी भाल्केलाई अर्को सूचना जारी नभएसम्मका लागि हटाएको छ । ‘महासचिवलाई निरन्तर लागेको श्रृंखलाबद्द आरोपले सचेत बनाएको छ’, फिफाले जनाएको छ ।

अखबारका अनुसार ५४ वर्षीय भाल्केलाई विश्वकपको टिकटमा अंकित मूल्यभन्दा बढीमा बिक्री गरेको आरोप छ । सन् २००७ यता फिफामा रहेका यी फ्रान्सेलीले आरोप अस्वीकार गर्दै अतिरञ्जित गरिएको बताएका छन् ।

बृहत रुपमा भ्रष्टाचार भएको आरोपमा मे महिनामा स्वीस प्रहरीले ज्युरिचस्थित होटलबाट सात उच्च पदाधिकारीलाई पक्राउ गरेपछि विश्व फुटबलको सर्वोच्च संस्था फिफा विवादमा आएको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१