होटल कर्मचारीमाथी पुजाको आक्रमण (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार १९:०५

बलिउड अभिनेत्री पुजा मिश्राले द्वारकाको एक होटलका कर्मचारीमाथि कुटपिट गरेकी छिन् । हालै युट्युबमा पोष्ट भएको भिडियोमा उनले होटलका कर्मचारीको मोबाइल फुटाएको र कुटपिट गरिरहेको स्पष्ट देख्न सकिन्छ ।

‘बिग बोस ८’ मा समेत भाग लिइसकेकी टिभी तथा चलचित्र अभिनेत्री पुजाले उक्त होटलको कोठाका कयौं सामानसमेत तोडफोड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । होटल छोडेर बाहिर जाने क्रममा सामानको क्षतिपूर्तीको भर्पाइका लागि उनलाई पछ्याएका कर्मचारीलाई उनले गालीगलौज गरी एक्कासी कुटपिट गरेकी थिइन् ।

Pooja-Mishra

यसअघि उनले राजस्थानको एक होटलबाट आफ्नो सामान चोरी भएको भन्दै समाचार माध्यममा राम्रै छाएकी उनले नोयडाको एक गेष्ट हाउसमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत पनि दिएकी थिइन् । उनका यस्ता हर्कतहरुले प्रहरी देखी मिडियाहरु पनि हैरान भएका छन् ।

भिडियो हेर्नुहोस्:

 

 
https://youtu.be/7kupEGnErdA

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१