२०औं वार्षिक उत्सवमा वल्डलिङ्कको तीन गुणा छुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार १३:२६

Worldlink-1काठमाडौं । सर्वाधिक सफल इन्टरनेट सेवा प्रदायक कम्पनीवल्डलिङ्कले आफ्नो स्थापनाको २०औं वर्ष पूरा गरेको छ ।

कम्पनीले आफ्नो २०औं वर्ष पूरा भई २१ वर्ष आरम्भ गरेको अबसरमा उपभोक्तालाई सेवामा तीन गुणा सहुलियत दिएको जनाएको छ । कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा भै आएको डाटामा तीन गुणा थप सुविधा सहित उत्कृष्ट र उच्च गतिको फाइवर इन्टरनेट अन्य मूलुकको दाँजोमा सस्तो र साधारण केबलको दरमै सेवा प्रदान गर्ने बताइएको छ ।

कम्पनीले देशभर रहेको सञ्जाल मार्फत सरकारी, गैर सरकारी संघ संस्था, कुटनैतिक निकाय, विमा तथा वित्तिय संस्था लगायत सर्वसाधारणलाई उचित मुल्यमा सर्वसुलभ, भरपर्दो र उच्चगतिको इन्टरनेट तथा डाटा एवं अन्य दुरसंचार सम्वन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।

“जहाँसुकै, जहिले पनि हरेक व्यक्तिलाई ईन्टरनेटसंग जोडनु” भन्ने मूल ध्ययका साथ कम्पनीले नेटवर्क नपुगेको स्थानसम्म नेटवर्क विस्तार गर्ने, समय समयमा अद्यावधिक र आवश्यकता अनुसार प्रतिस्थापन गरी देशको कुना कुनामा नेटवर्क विस्तार गरी उपभोक्तालाई उत्कृष्ट र विश्व स्तरिय इन्टरनेट सेवा प्रदान गरी जिवनशैलीमा समृद्धि ल्याउने अठोट राखेको छ ।

कम्पनीले अत्याधुनिक तथा उच्च प्रविधियुक्त जिपन फाइवरको माध्यमबाट घर–घरमा फाइवर एफटीटीएच इन्टरनेट सेवा दिँदै आएको छ ।
वल्डलिङ्कले विभिन्न अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने दृढता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१